News Portal

  • भक्तपुरको उपनिर्वाचनमा प्रधान साझा पार्टीको उम्मेदवार

    भक्तपुर, १४ कात्तिक
    १२७७ पटक
    भक्तपुर, १४ कात्तिक

    मङ्सिर १४ गतेका लागि निर्धारित उपनिर्वाचनमा भक्तपुरका लागि सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसभित्र उम्मेदवार छान्न सकस भएपनि रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीले भने आफ्नाे उम्मेदवार तय गरेको छ ।

    भक्तपुरको निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा क्षेत्र नं. १ मा हुने उप निर्वाचनका लागि सुरज प्रधानलाई साझा पार्टीले उम्मेदवार बनाउने घोषणा गरेको छ । साझा पार्टीले बिहीवार पत्रकार सम्मेलन मार्फत उक्त जानकारी गराएको हाे ।

    प्रधान उक्त पार्टीका भक्तपुर जिल्ला संयोजक हुन् । २८ वर्षिय प्रधान राजनीतिकर्मीका साथै सफल उद्यमी समेत हुन् ।

    उक्त क्षेत्रबाट निर्वाचित हरिशरण लामिछानेको निधन पछि उक्त स्थान रिक्त भएका कारण उपनिर्वाचन हुन लागेको हो । लामिछाने तत्कालिन नेकपा (एमाले) बाट निर्वाचित भएका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...