News Portal

  • सरकारले गोप्य राख्न खोजेको निर्णय बाहिरिएपछि द्रब्य मोह छताछुल्ल

    काठमाडौं, १५ कात्तिक
    १०५४ पटक
    काठमाडौं, १५ कात्तिक

    संघीयता कार्यान्वयनसँगै चालू खर्च अत्यधिक बढिरहेका बेला सरकारले मन्त्री र सांसदहरूलाई पर्व सुविधामार्फत एक महिनाको तलब सुविधा बाँडेको समाचार कारावार दैनिकमा छ । सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरेर राज्यलाई करोडौं भार पर्नेगरी पहिलोपटक यस्तो निर्णय गरेको कारावार दैनिकमा निरु अर्यालले लेखेकी छन् । गएको भदौ ३१ मा बसेको मन्त्रिपरिषदको बैठकले मन्त्रीदेखि सांसदसम्मलाई एक महिनाको पारिश्रमिक बराबरको चाडपर्व खर्च उपलब्ध गराउने निर्णय गरेको थियो । मन्त्रिपरिषदको निर्णय कार्यान्वयनका लागि मुख्यसचिव लोकदर्शन रेग्मीले अर्थ सचिवलाई सम्बोधन गर्दै परिपत्र गरेसँगै सरकारको यो निर्णय बाहिर आएको हो ।

    सरकारले गोप्य राख्न खोजेको उक्त निर्णयमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, संघीय संसद्का पदाधिकारीहरू तथा सदस्यहरूलाई एक महिनाको तलब बराबरको रकमबापत चाडपर्व खर्च उपलब्ध गराउने भनिएको छ । उक्त निर्णयलाई मुख्यसचिव रेग्मी आफैंले अर्थ मन्त्रालयमा लेखिपठाएका छन् । पत्रमा नेपाल सरकारको कुनै पदसरहको तलब सेवासुविधा सरकारी बजेटबाट पाउने गरी नियुक्त भएका विभिन्न पदाधिकारीहरूका सल्लाहकार र स्वकीय सचिवालयका कर्मचारीहरूलाई सम्बन्धित पदको नयाँ तलबसरह तलबमान कायम गर्ने र छ महिना सेवाअवधि पूरा गरेको अवस्थामा निजहरूलाई एक महिनाको तलब बराबरको रकम चाडपर्व खर्च उपलब्ध गराउने निर्णय गरिएको छ । यसअघि सांसदहरूले सरकारसँग अन्य कर्मचारीहरूले जस्तै चाडपर्व खर्च उपलब्ध गराउनुपर्ने माग गरेका थिए ।

    सरकारको यो निर्णयलाई अर्थ मन्त्रालयले कार्यान्वयनमा ल्याइसकेको जानकारी दिएको छ । मन्त्रिपरिषदको यस्तो निर्णय अर्थ मन्त्रालयले कार्यान्वयनमा ल्याएसँगै सरकारका मन्त्री तथा सांसदहरूले अन्य कर्मचारीले सरह एक महिना बराबरको पर्व भत्ता पाएका छन् । यसवाहेक मन्त्री तथा संघीय संसद्का विभिन्न पदाधिकारी स्वकीय सचिव तथा सचिवालयका कर्मचारीले पनि एक महिनाको तलबसरह चाडपर्व भत्ता पाएका छन् । सरकारी आयव्ययको लेखा राख्ने महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षको असोज महिनासम्म चालूतर्फ १६.१७ प्रतिशत रकम खर्च भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले बजेटमार्फत चालूतर्फ ९ खर्ब ५७ अर्ब १० करोड अर्थात ६२.४ प्रतिशत रकम छुट्याएको छ । चालू खर्च नियन्त्रणमा सरकार लाग्नुको सट्टा वित्तीय भार बढाउने निर्णय गर्नु आफैंमा हास्यास्पद निर्णय भएको विश्लेषकहरू बताउँछन् ।

    उनीहरूका अनुसार सरकारको यस्तो निर्णयले चालू खर्च नियन्त्रणको उद्घोष गरिरहेको सरकारलाई वित्तीय भार कम गर्न निकै ठूलो चुनौती देखिएको छ । सरकारले साउन १ गतेदेखि लागू हुनेगरी संघीय संसद्का सांसदहरूको तलबमान ६४ हजार ७० कायम गरेको छ । संघीय संसदका दुई सदन प्रतिनिधिसभामा २ सय ७५ र राष्ट्रिय सभामा ५९ सदस्य छन् ।

    सरकारले चालू वर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट ल्याएको छ । जसमध्ये पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख अर्थात २६.६ प्रतिशत र वित्तीय तर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख अर्थात ११ प्रतिशत बजेट बिनियोजन गरेको छ । विनियोजित रकममध्ये चालू आर्थिक वर्षको तीन महिनासम्म चालूतर्फ १६.१७ प्रतिशत पुँजीगततर्फ ४.३८ प्रतिशत र वित्तीयतर्फ १.२८ प्रतिशत खर्च गरेको महालेखाले जनाएको छ ।

    कसको तलब कति (रुपैँयामा)
    राष्ट्रपति(१,७७,५३१)
    उपराष्ट्रपति(१,२७,४७५)
    प्रधानमन्त्री(९१,१९०)
    सभामुख(७९,४३८)
    अध्यक्ष राष्ट्रियसभा(७९,४३८)
    उपप्रधानमन्त्री(७६,९३६)
    मन्त्री(७१,९४५)
    सांसद(६५,१७१)

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...