News Portal

  • भक्तपुरमा ११ दलद्वारा उम्मेद्वारी दर्ता

    निशा कुस्मा / भक्तपुरपोस्ट भक्तपुर, २१ कात्तिक
    १६४९ पटक
    भक्तपुर, २१ कात्तिक

    मङ्सिर १४ गतेका लागि निर्धारित उपनिर्वाचनका लागि भक्तपुरमा दुई दर्जन उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । भक्तपुर निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेश क्षेत्र नम्बर १ मा प्रदेशसभा सदस्यका लागि हुने उपनिर्वाचनमा दुई दर्जन उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् ।

    बिहीवार १ बजेसम्म मनोनयन दर्ताको समयसीमा तोकिएकोमा ११ दल र १० स्वतन्त्रसहित २१ जनाले उम्मेदवारी दर्ता गराएका मूख्य निर्वाचन अधिकृतको कार्यालय भक्तपुरले जनाएको छ ।

    बिहीवार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट देवीप्रसाद ढकाल(डीपी ढकाल)ले उम्मेदवारी दर्ता गराएका छन्। ढकालको उम्मेद्वारी दर्ता गराउन नेकापा केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमको नेतृत्वमा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य, भक्तपुर इन्चार्ज दिलिप प्रजापति, सांसद एवं पार्टी केन्द्रीय सदस्य महेश बस्नेत, चाँगुनारायणका मेयर एवं पार्टी केन्द्रीय सदस्य सोम मिश्र पार्टीका प्रदेश सभा सदस्यहरु, जिल्ला अध्यक्ष वचन देउजालगायत नेता कार्यकर्ता बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

    त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका तर्फबाट कृष्णलाल भंडेलले उम्मेद्वारी दर्ता गराएका छन् । काँग्रेस केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्माको नेतृत्वमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, केन्द्रीय सदस्य रमा पौडेल, जिल्ला सभापति दुर्लभ थापा सहितको नेता कार्यकर्ताको टोली बाजागाजासहित पुगेर मनोनयन दर्ता गराएको हो ।

    त्यसैगरी नेपाल मजदुर किसान पार्टीका तर्फबाट निरज लवजूले उम्मेदवारी दर्ता गराएका छन् । केन्द्रीय नेता एवं संघीय सांसद प्रेम सुवालको नेतृत्वमा प्रदेश केन्द्रीय सदस्य एवं भक्तपुरका मेयर सुनिल प्रजापति, प्रदेश सांसद सुरेन्द्रराज गोसाइँ सहितको टोली बाजागाजासहित उम्मेद्वारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय पुगेको थियो ।

    अन्य दलमा राप्रपाबाट श्यामप्रसाद नेपाल, राप्रपा नेपालबाट रामशरण लामिछाने, साझा पार्टीबाट सुरज प्रधान, समाजवादी पार्टीबाट सुर्दशनकुमार मुनंकर्मी, नेकपा मालेबाट सुर्दशन लामिछाने, नेपाली काँग्रेस बिपी बाट मधुसुदन न्यौपाने, आमूल परिवर्तन मसिहा पार्टीबाट डिल्लीप्रसाद चौलागाई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मिङ्मार लामा रहेका छन् ।

    ११ दलमा कुनै पनि दलका उम्मेदवार महिला परेका छैनन् । तर आज तीन महिला उम्मेदवारले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । स्वतन्त्र महिला उम्मेदवारमा सुमना कार्की, सुजाता देउजा र संगीता पौडेल आचार्य रहेका छन् ।

    त्यसैगरी अन्य स्वतन्त्रबाट उम्मेद्वारी दर्ता गराउनेमा कृष्णप्रसाद ह्यामो, कृष्णराम पोतामाहा, जीवन नेपाली, अर्जुन कोजू, राकेश सुवाल, उत्तम शाखकर्मी, जीवनचन्द्र अधिकारी रहेका छन् ।

    २०७४ को आम निर्वाचनमा तत्कालिन एमालेबाट निर्वाचित हरिशरण लामिछानको निधनपछि रिक्त यस भक्तपुरको प्रदेश क्षेत्र १ (१ ) मा उपनिर्वाचन हुन लागेको हो ।

    यसैबीच भक्तपुरमा मनोनयन दर्ता गर्न गएका उम्मेदवारहरुको तस्वीर नजिकबाट लिन नपाएपछि संचारकर्मीहरु असन्तुष्ट बनेका छन् । भक्तपुरको उपनिर्वाचनमा संचार जगतलाई अपमानित व्यवहार गरेको भन्दै नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष पुस्कर बुढाथोकीले फोटो र भिडियो लिनबाट पत्रकारहरुलाई बन्देज गर्ने प्रयास गरिएको बताए ।

    प्रतिकृया दिनुहोस्

    भूकम्प पीडित पत्रकारलाई प्रेस सेन्टर ललितपुरको न्यानाे ज्याकेट

    प्रेस सेन्टर ललितपुरले भूकम्प पीडित पत्रकारहरुलाई न्यानाे ज्याकेट उपलब्ध गराउने भएको छ । भूकम्पबाट पालमुनि...

    उपभोक्ता हित संरक्षणमा चाँगुनारायण प्रतिवद्ध

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले उपभोक्ताको हित संरक्षणका लागि नगरपालिका दृढ रहेको दावी गरेका छन्...

    चार दिने युएई भ्रमणमा प्रधानमन्त्री प्रचण्डका दुई दर्जन उपलब्धी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु सम्मेलनमा भाग लिएर आइतबार स्वदेश फर्किएका छन् । उनले चार...

    दुवाकोट सडकमा स्थानीयको अवरोध

    दुवाकोट मोडमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । स्थानीयले सडकमा प्रदर्शन गर्दै सवारी आवागमनमा अवरोध...

    शर्मा र सुवेदीलाई सम्मान

    २०८०।०८।१४ काठमाडौं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले अनेसास बिओटी सल्लाहकार रोहिणी शर्मा र अनेसासका...