News Portal

  • डीपीलाई मन्त्री बनाउने जिम्मा मेरो : बामदेव गौतम ( फोटो फिचर)

    भक्तपुर, २१ कात्तिक
    २४६३ पटक
    भक्तपुर, २१ कात्तिक

    मङ्सिर १४ गतेका लागि निर्धारित उपनिर्वाचनका लागि भक्तपुरमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट देवीप्रसाद ढकाल(डीपी ढकाल)ले उम्मेदवारी दर्ता गराएका छन्। भक्तपुर निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेश क्षेत्र नम्बर १ मा प्रदेश सभा सदस्यका लागि हुने उपनिर्वाचनमा उनले उम्मेद्वारी दर्ता गराएका हुन् ।

    बिहीवार ढकालको उम्मेद्वारी दर्ता गराउन नेकपा केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमको नेतृत्वमा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य, नेता नारायण दाहाल , भक्तपुर इन्चार्ज दिलिप प्रजापति, सांसद एवं पार्टी केन्द्रीय सदस्य महेश बस्नेत, चाँगुनारायणका मेयर एवं पार्टी केन्द्रीय सदस्य सोम मिश्र पार्टीका प्रदेश सभा सदस्यहरु, जिल्ला अध्यक्ष वचन देउजालगायत नेता कार्यकर्ता बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

    उम्मेद्वारी दर्ता पछि पाँच तले मन्दिर अगाडी नेकपाले चुनावी सभा समेत गरेको थियो । उक्त अवसरमा पार्टी केन्द्रीय सचिवालय सदस्य बामदेव गौतमले डीपी राजनीति र जनताको लागि समर्पित युवा नेता भएकोले उनको भविश्य उज्वल भएको बताएका थिए । उनले डीपी बौद्धिक नेता भएकोले पार्टीले उनलाई प्रदेश मन्त्री बनाउने भन्दै कार्यकर्तालाई चुनावी अभियानमा लाग्न उत्साहित गरेका थिए ।

    ‘डीपीले चुनाव जितेपछि तपाइहरुको क्षेत्रमा बिकाश भएन वा उनी मन्त्री बनेनन् भने मलाइ भन्न आउनुस, म बोलेको कुरा गर्ने मान्छे हो ।” सभालाई आस्वस्त पार्दै नेकपाको संगठन बिभाग प्रमुख समेत रहेका गौतमले भने ।

    उक्त अवसरमा भक्तपुरका संघीय सांसद महेश बस्नेतले उपनिर्वाचनमा डीपी जत्तिको योग्य अरु उम्मेदवार नभएको भन्दै उनी आफू जत्तिकै प्रभावशाली भएको भनेका थिए । पार्टीमा उनलाई जिताउन कुनै दुई मत नभएको भन्दै केन्द्रीय सदस्य समेत रहेका बस्नेतले विपक्षीले फैलाउने वा प्रभावित पार्न सक्ने भ्रमको पछि नलाग्न कार्यकर्तालाई निर्देशन दिएका थिए ।

    उक्त अवसरमा उम्मेदवार ढकालले आफू नमस्कार खान नेता नभएको भन्दै आफ्नो बलबुताले भ्यायसम्म समाजको सेवा गर्ने प्रतिज्ञा गरेका थिए ।

     

     

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...