News Portal

  • मैले मन्त्री भएर जति सम्वन्ध बनाए, डीपीले त्यति नै सम्वन्ध बनाउनुभएको छ : सांसद बस्नेत

    भक्तपुर, २४ कात्तिक
    १४९४ पटक
    भक्तपुर, २४ कात्तिक

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य समेत  रहेका पूर्व उद्योग मन्त्री एवं संघीय सांसद महेश बस्नेतले आफ्नो पार्टीका भक्तपुर उपनिर्वाचनका उम्मेदवारसंग राजनीतिक क्षमताका अलावा प्रशासनिक अनुभव र सम्बन्धहरु पर्याप्त रहेको बताएका छन् । आफूले मन्त्री भएर बनाएको सम्बन्ध र हासिल गरेको अनुभव जति नै सम्बन्ध र अनुभव आफ्नो पार्टीका उम्मेदवार डीपी ढकालसँग रहेको सांसद बस्नेतले बताएका हुन् ।

    आइतवार कमलविनायकमा आयोजित पत्रकार सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य एवं संघीय सांसद बस्नेतले भने,” हाम्रा उम्मेदवार डीपी ढकाल तत्कालिन अर्थमन्त्री वर्षमान पुनको प्रमुख स्वकीय सचिव भएर धेरै प्रशासनिक सम्बन्ध बनाउनु भएको छ, उहाँलाई निर्वाचित भएपछि जनताको काम छिटोछरितो गरी गर्न यसले सहयोग पुग्नेछ ।” निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश क्षेत्र नम्बर १ को बिकास र समृद्धिको गाडा तान्ने सामर्थ्य आफ्नो पार्टीका उम्मेदवार डीपी ढकालसंग मात्र रहेको समेत उनले जिकिर गरे ।

    ”अन्य प्रतिस्पर्धी भनिएका उम्मेदवार प्रदेश सभामा निर्वाचित भए पनि ‘लास्ट बेन्चमा बसेर सरकारको बिरोध गर्ने मात्र हुन् । डीपी निर्वाचित भएपछि प्रदेशको मन्त्री बनने पनि पक्का देखिएको छ ।” उनले भने ।

    उक्त अवसरमा आफ्नो भनाइ राख्दै नेकपाका भक्तपुर जिल्ला कमिटी अध्यक्ष वचन देउजाले चुनावी प्रतिस्पर्धामा धेरै आकाक्षी हुनु स्वभाविक भएको भन्दै व्यक्तिले केन्द्रको फैसला आफ्नो पक्षमा पार्न गर्ने रणनीतिक प्रयासलाई जोडेर विरोधीहरुले नेकपामा असन्तुष्टी भएको अफवाह फ़ैलाएकोमा आश्चर्य प्रकट गरेका थिए । ” पार्टी केन्द्रमा तालाबन्दी भन्ने खबर संचारमाध्यममा पढें । कार्यालयमा पुग्दा पुरानै चावीले ताला खुल्यो । पार्टीको आन्तरीक प्रतिस्पर्धालाई मसला बनाएर अफवाह फैलाउने प्रयास भयो ।” अध्यक्ष देउजाले भने ।

    पार्टीमा ‘उम्मेदवार को’ भन्ने कुरामा प्रतिस्पर्धा रहेपनि डीपीको उम्मेद्वारी केन्द्रले आधीकारीक टुंगो लगाएसंगै उक्त प्रतिस्पर्धा सकिएको र अब चुनावी अभियानले तिब्रता पाएको उनले जानकारी गराए । हत्केलाले सूर्य छेक्न नसक्ने भन्दै अध्यक्ष देउजाले आफ्नो पार्टीको उम्मेदवारलाई जनताले अत्यधिक मतले बिजयी गराउने  विस्वास व्यक्त गरे ।

    पत्रकार साक्षात्कार कार्यक्रममा आफ्नो चुनावी प्रतिवद्धता प्रस्तुत गर्दै नेकपा जिल्ला कमिटीका सचिव समेत रहेका प्रदेश सभा सदस्यका लागि नेकपाका उम्मेदवार डीपी ढकालले आफ्नो निर्वाचन क्षेत्रमा पार्टीको संगठन ससक्त रहेको र जनतामा पार्टीप्रति आस्था र बिस्वास रहेकोले आफू निर्वाचित हुनेमा निश्चिन्त भएको बताएका थिए । यस अघि निर्वाचित नेता हरिशरण लामिछानेको अधुरो सपना पूरा गर्ने अभिभारा आफूले पाएकाले यसलाई पूरै इमान्दारीताका साथ् पूरा गर्ने समेत उम्मेदवार ढकालले प्रतिबद्धता प्रकट गरे ।

    नेमकिपाका संघीय सांसद प्रेम सुवाल प्रति लक्षित गर्दै उम्मेदवार ढकालले संसदमा नियमापत्ति मात्र गरेर बस्ने निर्वाचित संघीय सांसदका कारण पछि परेको उक्त क्षेत्रको विकाशलाई आफूले गति दिने दावी गरे । उक्त अवसरमा पार्टी जिल्ला इन्चार्ज, सहइन्चार्ज, प्रदेश कमिटी सदस्यहरु तथा नेकपाका जिल्ला नेताहरु समेत उपस्थित रहेका थिए ।

    गत आम निर्वाचनमा उक्त प्रदेश सभामा नेकपा (एमाले)का उम्मेदवार हरिशरण लामिछाने १२ हजार ७ सय ८९ मत ल्याएर विजयी भएका थिए भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका जीवन खत्रीले ९ हजार ९सय ७७ मत पाएका थिए । नेमकिपाका निरज लवजुले भने ७ हजार मत प्राप्त गरी तेस्रो स्थानमा चित्त बुझाएका थिए । लामिछानेको निधनपछि रिक्त उनको स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...