News Portal

  • डीपी ढकाललाई भोट माग्न पूर्वप्रधानमन्त्री नेपाल नै घरदैलोमा

    भक्तपुर, २९ कात्तिक
    १६४४ पटक
    भक्तपुर, २९ कात्तिक

    भक्तपुरमा हुनगैरहेको उपनिर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारलाई भोट माग्न पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपाल मतदाताको घरमै पुगेका छन् । शुक्रवार विहान उनी आफ्ना पार्टीका तर्फबाट प्रदेश सभा सदस्यका उम्मेदवार डीपी ढकाललाई भोट माग्दै घर-घर पुगेका हुन् ।

    नेता नेपालले चाँगुनारायण-१ स्थित दुवाकोटमा पुगी पार्टीका उम्मेदवारलाई सूर्य चिन्हमा भोट हाली विजय गराउन अनुरोध गरेका थिए । तीनै तहको सरकारमा नेकपा भएकोले आफ्नो क्षेत्रमा थप विकाश र सुशासनका लागि डीपी सबैभन्दा योग्य उम्मेदवार भएको उनको भनाइ थियो । विरोध गर्नेलाई भन्दा विकाश गर्नेलाई जिताउदा सबैको भलो हुने भन्दै उनले डीपी ढकालको लागि भोट मागेका थिए । चाँगुनारायण क्षेत्रको विकास र समृद्धिको नेतृत्व ढकालले मात्र गर्न सक्ने भन्दै उनले कुनै भ्रम र लोभलालचमा नपरी सूर्य ध्वजाबाहक आफ्ना पार्टीका सशक्त युवा नेता ढकाललाई भोट हाल्न अनुरोध गरेका थिए ।

    निर्वाचन परिचालन कमिटीका संयोजक समेत रहेका नेकपा भक्तपुरका अध्यक्ष वचन देउजाका अनुसार वरिष्ठ नेता नेपाल नेताकार्यकर्तालाई उत्साहित गर्न र मतदातालाई विश्वस्त पार्न मतदाताको घरदैलोमै पुगेर भोट मागेका हुन् । देउजाका अनुसार नेता शुक्रवार दुवाकोटबाट नेकपाले घरदैलो प्रचार अभियान शरु गरेको हो । पूर्व प्रधानमन्त्री समेत रहेका नेपाललाई आफ्नै घरदैलोमा पाउदा मतदाताहरु खुशी देखिन्थे ।

    उक्त अवसरका नेकपा केन्द्रीय सदस्य एवं भक्तपुरका निर्वाचित संघीय सांसद महेश बस्नेतले जनताको दुःख सुखको साथी नेकपा नै भएकोले नेकपाका उम्मेदवार ढकाललाई मतदान गरी विजयी बनाउनेमा पार्टी बिस्वस्त रहेको बताएका थिए भने अर्का केन्द्रीय सदस्य एवं चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले नगरपालिकाले गरेका कामहरु बताउदै प्रदेश सभामा आफ्ना पार्टीका प्रिय नेता हरिशरण लामिछानेको सम्मानका लागि पनि डीपीलाई जिताउनै पर्नेमा जोड दिए ।

    उक्त अवसरमा उम्मेदवार डीपी ढकालले आफ्ना चुनावी प्रतिवद्धता राखेका थिए भने नेकपाका जिल्ला इन्चार्ज, अध्यक्ष लगायत नेतृत्वले चुनावी प्रतिवद्धता पूरा गर्न पार्टी अहोरात्र लागिपर्ने बताएका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...