News Portal

  • निर्वाचन क्षेत्रमा नेमकिपालाई झड्का : वडाध्यक्ष उम्मेदवारसहित २० नेकपामा प्रवेश

    भक्तपुर, १ मङ्सिर
    १६१२ पटक
    भक्तपुर, १ मङ्सिर

    नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का दर्जनौं कार्यकर्ता उक्त पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । आइतवार एक विशेष कार्यक्रमका बीच नेकपाले उनीहरुलाई पार्टी प्रवेश गराएको हो ।

    मङ्सिर १४ गते हुनगैरहेको उपनिर्वाचन क्षेत्रबाटै नेमकिपाका कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन् ।

    पार्टी प्रवेश गर्नेहरुमा गत २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिका वडा नम्बर ८, सुडालमा नेमकिपाको तर्फ़बाट वडा अध्यक्ष पदको उम्मेदवार भएका नेमकिपाका नेता गणेश प्रसाद दुलाल समेत रहेका नेकपा भक्तपुरले जनाएको छ ।

    दुलालसहित २० जना आइतबार पार्टी प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरुमा गणेश प्रसाद दुलाल,नारायण घिमिरे, रमेश दुलाल, लब खड्का, विनोद फुयाँल, कृष्णप्रसाद दुलाल,ज्ञानेन्द्र दुलाल, रामगोपाल दुलाल, रन्जित रन्जितकार, प्रेमबहादुर रन्जितकार,शिवराम दुलाल, बिनोद दुलाल, लोकनाथ दुलाल, रन्जन दुलाल, केदार दुलाल,लक्ष्मण दुलाल, प्रदिन दुलाल, हरिप्रसाद दुलाल ,विष्णुहरि दुलाल रहेको नेकपा नेतादामोदर दंगालले जानकारी दिए ।

    नेकपा प्रवेश गरेका सबैलाई नेकपाका केन्द्रीय सदस्यसमेत रहेका भक्तपुर इन्चार्ज दिलिप प्रजापति, सहइन्चार्ज सोमप्रसाद मिश्र, पार्टी जिल्ला अध्यक्ष बचन देउजा, नेकपा पार्टी सचिव तथा प्रदेश सभा सदस्य पदका उम्मेदवार डीपी ढकाल लगायतले स्वागत गरेका थिए ।

    नेमकिपा परित्याग गरी नेकपा प्रवेश गरेका दुलाल लगायतले विकाश र समृद्धिको नेतृत्वमा नेकपाको विकल्प नभएकोले पार्टी प्रवेश गरेको प्रतिक्रिया दिएका छन् ।

    चाँगुनारायण नगरपालिकाका सबै वडा र भक्तपुर १० मा प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन हुनगैरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...