News Portal

  • नेकपाले उज्यालोको युग शुरु गर्यो : पूर्वप्रधानमन्त्री खनाल

    भक्तपुर, २ मङ्सिर
    ९८१ पटक
    भक्तपुर, २ मङ्सिर

    पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले नेकपाले उज्यालोको नेतृत्व गरिरहेको बताएका छन् । नेकपाको सरकार बनेपछि लोडसेडिङ्ग अन्त्य भएको भन्दै उनले देशमा नेकपाले  अध्यारोबाट उज्यालोको युग शुरु गरेको बताएका हुन् ।

    सोमवार भक्तपुर क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश क्षेत्र नम्बर १ मा पार्टीका तर्फबाट प्रदेश सभाका उम्मेदवार डीपी ढकालको लागि भोट माग्न चाँगुनारायण-४ आइपुगेका वरिष्ठ नेता खनालले देशलाई विकास र समृद्धिको बाटोमा नेकपाले लागिरहेको बताए । प्रत्येक जिल्लाको गाउँ गाउँसम्म सडक पुर्याएर जनतालाई एक अर्कासंग जोड्ने काम गरिएको उनको जिकिर छ । कृषी र पर्यटनलाई सरकारले जोड दिएको जानकारी गराउदै उनले सरकार परनिर्भरताको अन्त्यको लागि उत्पादनमुखी नीति आत्मसाथ गर्दै अघि बढेको बताए ।

    एक फरक प्रसंगमा पूर्वाप्रधानमन्त्री खनालले कालापानी, लिपुलेक, लिम्पियाधुराका लागि नेकपाको सरकारले रास्ट्रिय एकता कायम गरी लडिरहेको र नेकपाको सरकार सिमा सुरक्षाको काम ऐतिहासिक रुपमा पुरा गर्न दृढ रुपमा अगाडि बढेको दावी गरेका थिए ।

    सोमबार पूर्व पर्यटनमन्त्री सामेत रहेका नेकपाका केन्द्रीय सदस्य आनन्द पोखरेल, पूर्व उद्योगमन्त्री एवं सांसद महेश बस्नेत, प्रदेश सांसद रामेश्वर फुयाल, भक्तपुर ईन्चार्ज दिलिप प्रजापति, सहइन्चार्ज एवं चाँगुनारायणका नगर प्रमुख सोम मिश्र, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, नेकपा जिल्ला अध्यक्ष बचन देउजा, उम्मेदवार डीपी ढकाल लगायतले चाँगुनारायण- -४ का मतदाताको घरदैलोमा पुगेर भोट मागेका थिए । चाँगुनारायणमा बीर अस्पताल आएको, करोडौ रुपैया सडक र खानेपानीको क्षेत्रमा आएको, नगरपालिकाले पनि प्रत्येक वडामा करोडौको योजना विस्तार गरेको बताउदै उनीहरुले प्रदेशको बजेट समेत ल्याएर चाँगुक्षेत्रको विकास गर्न डीपीलाई जिताउनुपर्ने जिकिर गरेका थिए ।

    नेकपाको घरदैलो कार्यक्रममा वडाका सयौं कार्यकर्ता सहभागी भएका थिए । उक्त अवसरमा स्थानीय जनताले उम्मेदवार ढकाल लगायत नेतागणलाइ स्वागत गर्नुका साथै बिजयको शुभकामना समेत दिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    शर्मा र सुवेदीलाई सम्मान

    २०८०।०८।१४ काठमाडौं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले अनेसास बिओटी सल्लाहकार रोहिणी शर्मा र अनेसासका...

    आयल निगम ऋण मुक्त भएसंगै घट्यो पेट्रोलियम पदार्थको मूल्य

    भारी ऋणमा रहेको नेपाल आयल निगम ऋण मुक्त भए संगै पेट्रोलियम पदार्थको मूल्य घटेको छ...

    इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट

    इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको...

    जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयास बारे विश्वलाई जानकारी गराइने

    युएई । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयास...

    पतिपत्नी सवार मोटरसाइकल पल्टदा पछाडीबाट आइरहेको बसको ठक्करबाट पत्नीको मृत्यु

    काभ्रेको रोशि ११ डालाबेशि स्थित बि.पि.राजमार्ग सडक खण्डमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ...