News Portal

  • १०८ रोपनी जग्गा संरक्षण गर्ने बाहेक भक्तपुर नगरपालिकाको कुनै स्वार्थ नभएको भनाइ

    निशा कुश्मा भक्तपुर, ३ मङ्सिर
    १९३६ पटक
    भक्तपुर, ३ मङ्सिर

    भक्तपुर नगरपालिकाले सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी जग्गा संरक्षणमा खटिएका सुरक्षा गार्डलाई कब्जामा नलिएको जनाएको छ । नगरपालिकाले सुरक्षा गार्डलाई कब्जामा लिएर छोडेको भन्ने कुरा निराधार र नियोजित हल्ला मात्र भएको नगरपालिकाले जनाएको हो ।

    भक्तपुर नगरपालिकाले नेपाल ट्रष्टलाई लिखित जानकारी दिएर संरक्षण शुरु गरेको जानकारी गराउँदै नगरप्रमुख सुनिल प्रजापतिले नेपाल ट्रष्टको जग्गा संरक्षण गर्ने बाहेक भक्तपुर नगरपालिकाको कुनै स्वार्थ नभएको प्रष्ट पारेका छन् । उनले केहि संचारमाध्यमले एकतर्फी गलत समाचार दिएर भ्रम पार्न खोजेको जिकिर गरे ।

    ‘ नगरपालिका नियमानुसार चल्ने एक वैधानिक संस्था हो । भक्तपुर नगरपालिकाले नेपाल ट्रष्टको जग्गामा ‘स्वामित्व लिन खोज्यो’ भन्ने आशय अत्यन्त गलत हो ।” प्रमुख प्रजापतिले भने ।

    उक्त जग्गामा जथाभावी पार्किङ गर्ने, निर्माण सामग्रीहरु थुपार्ने तथा फोहर फाल्ने गरेको कारण नगर प्रवेश हुने ठाउँमा त्यस्तो राख्नु उपयुक्त नभएकोले नगरपालिकाले आफ्नै खर्चमा पर्खाल लगाएर राखेको प्रष्ट पार्दै नेपाल ट्रष्टका सचिव गजेन्द्रकुमार ठाकुर सहितको टोलीले भक्तपुरबासी जनताको अधिकत्तम हितमा उक्त जग्गा सदुपयोग गर्ने’ निर्णय समेत गरेकोले नगरपालिकाले सहकार्यमा काम गरिरहेको दावी गरिएको छ ।

    ‘नेपाल ट्रष्टका सुरक्षा गार्डलाई कब्जामा लिइएको भन्ने समाचार सत्य होइन । सत्य के हो भने नगरपालिकासँग समन्वय नगरी नगरपालिकाले लगाएको ताला फ़ुटाएपछि अनुसन्धानमा गएको टोलीले सोधपुछ गर्दा नेपाल ट्रस्टको मान्छे भन्ने थाहाँ भएपछी प्रहरी प्रशासनमा खबर गरी फ़र्काइएको हो ।” नगरपालिकाद्वारा भक्तपुर पोस्टलाई प्राप्त पत्रमा भनिएको छ ।

    नेपाल ट्रष्टको नाममा राखिएका साइन बोर्डमा भक्तपुर-१ सल्लाघारी ठेगाना नलेखी कटुन्जे- ९ (ख) कित्ता नं. ५४० लेखिएकोले जनतामा भ्रम सृजना हुने हुँदा त्यसलाई सच्याउन पनि नेपाल ट्रष्टलाई आग्रह गरिएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...