News Portal

  • डीपीलाई अर्थमन्त्री बनाइने पूर्वमन्त्री सापकोटाको खुलासा

    भक्तपुर, ३ मङ्सिर
    २५९१ पटक
    भक्तपुर, ३ मङ्सिर

    दुई पटक मन्त्री भैसकेका पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य अग्नि सापकोटाले भक्तपुरको प्रदेश सभामा पार्टीले अर्थ राजनीतिमा पोख्त वौद्धिक युवा नेता भएकोले डीपी ढकाललाई उम्मेदवार बनाएको बताएका छन् । प्रदेश नम्बर ३ को भावी अर्थमन्त्रीको रुपमा पार्टीले उनलाई उम्मेदवार बनाएको नेता सापकोटाले बताए ।

    मङ्सिर १४ गते निर्धारित उपनिर्वाचनमा भक्तपुर क्षेत्र नं १ अन्तर्गत प्रदेश नं १ मा प्रदेश सभा सदस्यका उम्मेदवार डीपी ढकालको चुनावी कार्यक्रममा सहभागी बन्न मंगलवार चाँगु-५ छालिङमा आइपुगेका नेता सापकोटाले भने , ” डीपी प्रदेश नं ३ को अर्थमन्त्री बन्न योग्य हुनुहुन्छ । उहाँ निर्वाचित भएपछी प्रदेश सभामा अर्थमन्त्री दिलाउने कुरामा मेरो पनि पूरै पहल रहन्छ ।”

    यस अघि नेकपाका सचिवालय सदस्यसमेत रहेका संगठन बिभाग प्रमुखले मनोनयन दर्तापछि आयोजित सभामै ढकाल लाई मन्त्री बनाइने बताइसकेका छन् । संघीय सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान सफल पार्न डीपी जस्ता अर्थशास्त्रका जानकार आवश्यक रहेको भन्दै नेता सापकोटाले ढकाललाई निर्वाचित गराउँन अपिल गरे ।

    आर्थिक क्षेत्रका जानकार भएकाले ढकालले भक्तपुरको विकासका लागि योगदान गर्न सक्ने विस्वास व्यक्त गर्दै उनले भक्तपुरबासीलाई योग्य युवा उम्मेदवार जिताउने अवसर प्राप्त भएको जिकिर गरेका थिए ।

    उक्त अवसरमा पूर्वउद्योगमन्त्री  एवं भक्तपुरका निर्वाचन क्षेत्र नम्बर २ का सांसद  महेश बस्नेतले भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ मा जनताको काम गर्ने सांसद नहुँदा आफू एक्लो भएको भन्दै डीपी काम गर्न योग्य जोडी हुने जिकिर गरेका थिए ।

    उक्त अवसरमा उम्मेदवार ढकालले आफूले प्रदेशबाट ठूलो राशिको बजेट ल्याएर यस क्षेत्रको विकासनिर्माण र समृद्धिको सहयोग पुर्याउने प्रतिवद्धता प्रकट गरेका थिए ।

    उक्त अवसरमा पार्टी जिल्ला इन्चार्च दिलिप प्रजापति, सह-इन्चार्ज सोम मिश्र, अध्यक्ष बचन देउजा, जिल्ला समन्वय समिति प्रमुख नवराज गेलाल, सूर्यबिनायकका मेयर बासुदेव थापा, नेता मोहनवीर श्रेष्ठ लगायत चाँगुनारायण नगरपालिकाको छालिङका मतदाता समक्ष पुगेर डीपीका लागि मतदान गर्न अनुरोध गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...