News Portal

  • भक्तपुरलाई कम्युनिष्टको किल्ला बनाउनुपर्छ : जनार्दन शर्मा

    नगरकोट काठमाडौंको शीर भएकोले यो शीर उचों राख्न नेकपाले मात्र सक्ने दावी

    भक्तपुर, ४ मङ्सिर
    २१५७ पटक
    भक्तपुर, ४ मङ्सिर

    भक्तपुर १ (१) मा प्रदेश सभा सदस्यको लागि हुन गैरहेको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार डीपी ढकाललाई भोट माग्न पूर्व उर्जा,गृह र शान्ति मन्त्री समेत रहिसकेका प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकर नगरकोट आइपुगेका छन् । शुक्रवारबाट शुरु भएको डीपीको घरदैलो अभियान अन्तर्गत छैठौं दिन भोट माग्न प्रभावशाली नेता शर्मा नगरकोट आइपुगेका हुन् ।

    बुधवार बिहान नगरकोटमा आयोजित एक चुनावी सभालाई सम्वोधन गर्दै नेता शर्माले सबै तहमा नेकपाको पहुँच भएकोले यस क्षेत्रको समग्र बिकाशका लागि डीपीलाई जिताउनुपर्ने जिकिर गरे । नगरकोट काठमाडौंको शीर भएको भन्दै यो शीर उचों राख्न नेकपाले मात्र सक्ने उनको दावी छ ।

    ”डीपी ढकाल विद्यार्थी आन्दोलन हुँदै जनयुद्ध र जनआन्दोलनबाट खारिएर आएको सरल इमान्दार बौद्धिक युवा नेता भएकोले यस क्षेत्रको अगुवाई गर्न हरेक कोणबाट योग्य र सक्षम हुनुहुन्छ । उहाँलाई निर्वाचित गरेर नेकपाको सुखी नेपाली र समृद्ध नेपालको अभियानमा साथ् दिन म अपिल गर्छु ।” नेता शर्माले भने ।

    देशलाई १८ घन्टाको लोडसेडिंगबाट मुक्त गरेको श्रेय पाएका संगठन बिभाग उप प्रमुख समेत रहेका नेता शर्माले नगरकोट पुग्ने सडकको दुरावस्था अन्त्य गर्न ३ महिना भित्र बाटो बनाउन शुरु गर्ने प्रतिवद्धता प्रकट गरे । ”नगरकोट देशकै प्रमुख पर्यटकीय गन्तब्य मध्यको एक हो । यसको बिग्रेको बाटो नेकपाको सरकारले ३ महिना भित्र बनाउन शुरु गर्छ ।” उनले भने ।

    अरु दल जस्तो नेकपाले आफ्ना कमीकमजोरी र बिकृती विसंगती लुकाउने नभई उजागर गरी रुपान्तरीत हुने हुँदा कोही व्यक्ति बिग्रदैमा नेकपा नबिग्रने उनले जिकिर गरे । नेकपाले समाजवादको सपना पूरा गर्ने बताउदै उनले सबै बामपन्थीलाई गोलबन्द गरी नेकपा अघि बढ्ने बताए ।

    भक्तपुरमा रहेको नेमकिपालाई पनि साथमा लिएर अघि बढ्नुपर्ने बताउदै संगठन बिभाग उपप्रमुख शर्माले भने, ”बामपन्थी आन्दोलनमा योगदान गरेको पार्टी भक्तपुरमा बेग्लै बसेको छ । यसलाई पनि साथमै लिएर भक्तपुरलाई बामपन्थीको किल्ला बनाउनुपर्छ ।”

    नेकपाले आफ्ना ८ लाख सदस्यको हातमा औजार थमाएर अब आर्थिक समृद्धिको नेतृत्व गर्ने खुलासा गर्दै नेता शर्माले देशको सार्वभौमसत्ता , अखण्डता र आर्थीक सामाजिक रुपान्तरणका लागि नेकपाले आन्दोलन अघि बढाउने समेत बताए ।

    उक्त अवसरमा उम्मेदवार डीपी ढकालले नगरकोटमा प्रकृतीले पनि सूर्यलाई पहिलो बनाएको भन्दै जनताले चुनावमा सूर्यलाई पहिलो बनाउनेमा आफूलाई कुनै शंका नरहेको जिकिर गरे । आफू हरिशरण लामिछानेको पदचाप पछ्याउदै जनताको सेवामा इमान्दार भएर लागिरहने उनले प्रतिवद्धता प्रकट गरेका थिए ।

    कार्यक्रममा भक्तपुर २ का निर्वाचित सांसद तथा नेकपा केन्द्रीय सदस्य महेश बस्नेत, अर्का केन्द्रीय सदस्य एवं चाँगुका मेयर सोम मिश्र, जिल्ला इन्चार्ज दिलिप प्रजापति, अध्यक्ष बचन देउजा लगायतले हत्केलाले सूर्य छेक्न नसक्ने भन्दै अन्य दलका भ्रम र झुटको पछि जनता नलाग्ने जिकिर गरेका थिए ।
    उक्त अवसरमा अन्य पार्टी परित्याग गरी २० जना नेकपामा प्रवेश गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...