News Portal

  • नेकपाको युवा संघद्वारा भक्तपुरको उपनिर्वाचनका लागि प्रचार सामाग्री सहयोग

    भक्तपुर, ६ कात्तिक
    १४४४ पटक
    भक्तपुर, ६ कात्तिक

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले भक्तपुरको उपनिर्वाचनमा पार्टीको लागि प्रचार सामाग्री सहयोग गरेको छ । स्वयंसेवक पठाएर सहयोग गरिरहेको युवा संघले प्रचार सामाग्री समेत सहयोग गरेको हो ।

    बिहीबार राष्ट्रिय युवा संघ नेपालका सह संयोजक रमेश पौडेलको नेतृत्वमा आएको टोलीले निर्वाचन परिचालन कमिटीका संयोजक समेत रहेका भक्तपुर जिल्ला पार्टीका अध्यक्ष बचन देउजालाई प्रचार सामाग्री हस्तान्तरण गरेको थियो । भक्तपुरको कमलविनायकस्थित चुनाव प्रचार प्रसारको लागि खोलिएको कार्यालयमा पुगी पौडेलको नेतृत्वमा रहेका युवा संघका नेताहरुले प्रचार सामाग्री हस्तान्तरण गरेका थिए ।

    भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश क्षेत्र नम्बर १ का लागि हुनगैरहेको प्रदेश सभा सदस्य उम्मेदवार डीपी ढकालको लागि प्रचार सामाग्री बनाएर उपलब्ध गराएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य समेत रहेका नेकपा भक्तपुरका जिल्ला कमिटी सदस्य दिनेश थपलियाले जानकारी दिए । थपलियाका अनुसार युवा संघले २ हजार भित्ते पोस्टर र ४ हजार स्टिकर उपलब्ध गराएको छ ।

    प्रतिकृया दिनुहोस्

    उपचाररत उपप्रधान एवं गृहमन्त्री श्रेष्ठलाई भेट्न नपाइने

    प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्...

    प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेर लिए उपप्रधान एवं गृह मन्त्री श्रेष्ठको स्वास्थ्य बारे जानकारी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।बुधवार...

    भूकम्प पीडित पत्रकारलाई प्रेस सेन्टर ललितपुरको न्यानाे ज्याकेट

    प्रेस सेन्टर ललितपुरले भूकम्प पीडित पत्रकारहरुलाई न्यानाे ज्याकेट उपलब्ध गराउने भएको छ । भूकम्पबाट पालमुनि...

    उपभोक्ता हित संरक्षणमा चाँगुनारायण प्रतिवद्ध

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले उपभोक्ताको हित संरक्षणका लागि नगरपालिका दृढ रहेको दावी गरेका छन्...

    चार दिने युएई भ्रमणमा प्रधानमन्त्री प्रचण्डका दुई दर्जन उपलब्धी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु सम्मेलनमा भाग लिएर आइतबार स्वदेश फर्किएका छन् । उनले चार...