News Portal

  • भक्तपुरमा चुनावी सभाको सम्बोधन गर्दै : प्रचण्ड, देउवा र नारायणमान

    भक्तपुर, ११ मङ्सिर
    १५४३ पटक
    भक्तपुर, ११ मङ्सिर

    भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ (क) मा रहेका दलहरु आउँदो मङ्सिर १४ गते हुने प्रदेश सभाको उपनिर्वाचनको अन्तिम प्रचार प्रसारमा जुटेका छन् ।

    शनिबार हुने उपनिर्वाचनको प्रचार प्रसार गर्ने आज अन्तिम रहेको छ । आज राति १२ बजेसम्म मात्र प्रचार प्रसार गरिनेछ । त्यसैले दलहरु अन्तिम प्रचारमा जुटेका हुन् ।

    आज चाँगुनारायण नगरपालिका–४ नारायणटारमा नेपाल कम्युनिस्ट पार्टीको चुनावी सभालाई अध्यक्ष पुष्पकमल दाहाल र नेता सुवास नेम्वाङले सम्बोधन गर्ने कार्यक्रम हुँदैछ । कार्यक्रम दिउँसो २ बजे सुरु हुनेछ ।

    यस्तै भक्तपुरमा कांग्रेस र राप्रपा को संयुक्त चुनावी सभा पनि रहेको छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले आज चाँगुनारायण नगरपालिका–७, मा दिउँसो पार्टीको चुनावी सभामा सम्बोधन गर्नेछन् ।

    यसैगरी प्रचार प्रसारको अन्तिम दिन भएकोले नेपाल मजदुर किसान पार्टीले पनि आजै चुनावी सभा गर्दैछ । सभालाई अध्यक्ष नारायणमान बिजुक्छेंले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रम कमलबिनायकमा दिउँसो ३ बजे सुरु हुनेछ ।

    निर्वाचनलाई प्रभाव पार्न प्रमुख दलका वरिष्ठ नेताहरु नै खटिएका छन् । नेकपाले अध्यक्ष प्रचण्ड र नेपाली काँग्रेसले सभापति देउबा ल्याउने भनेपनि उनीहरु उपत्यका बाहिर रहेकाले सभालाई सम्बोधन गर्न आउने सम्भावना भने न्युन रहेको बताइएको छ

    यस प्रदेशबाट ९ दलका ९ उम्मेदवार र १० स्वतन्त्र उम्मदेवार गरी कूल १९ जना चुनावी मैदानमा छन् ।

    सत्तारुढ नेकपाबाट देवीप्रसाद ढकाल(डीपी ढकाल) , नेपाली कांग्रेसबाट कृष्णलाल भँडेल, नेमकिपाबाट निरज लवजु, समाजवादी पार्टीबाट सुदर्शन मुनकर्मी, राप्रपाबाट श्यामप्रसाद नेपाल, साझा पार्टीबाट सुरज प्रधान लगायतका २१ जना उम्मेदवारले प्रदेश सभा सदस्य पदमा उम्मेद्वारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराएका कतिपय स्वतन्त्र उम्मेदवार भने गुमनाम देखिएका छन् । उनीहरु प्रचारप्रसारमा समेत निस्किएका छैनन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...