News Portal

  • सहुलियत ब्याजमा ऋण नपाए ईमेल गर्नुहोस : अर्थमन्त्री डा. युवराज खतिवडा

    भक्तपुर, ११ मङ्सिर
    २३०६ पटक
    भक्तपुर, ११ मङ्सिर

    अर्थमन्त्री डा. युवराज खतिवडाले अनुदानको प्रक्रिया पूरा गरेर पनि सहुलियत ब्याजमा ऋण उपलब्ध नभएमा इमेलद्वारा जानकारी दिन अनुरोध गरेका छन् ।

    सहुलियत ब्याज दरको ऋण उपलब्ध गराउन आयोजित सम्झौता कार्यक्रममा उनले सम्झौता गरिएका बैंकहरुबाट राष्ट्रिय युवा परिषद्बीच युवा उद्यमशीलता र स्वरोजगारको प्रबद्र्धन गर्न पाउनु पर्ने ऋण नपाए खबर गर्न आग्रह गरेका हुन् ।

    ‘सबै प्रक्रिया पुरा गरेर पनि सहुलियत ब्याजदरमा बैंकबाट ऋण नपाए मलाई सिधा इमेल गर्नुहोस्, नदिने बैंकलाई कारबाही हुन्छ’,उनले भने ‘सबै बैंकले १ प्रतिशत मात्रै लगानी गरेको भए ३० अर्ब लगानी हुन्थ्यो र यसबाट ६० हजार जना स्वरोजगार हुन्थे ।’

    तीन सरकारी बैंकहरु नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र निजी क्षेत्रको वाणिज्य बैंक एनएमबी बैंकले राष्ट्रिय युवा परिषद्सँग सहुलियत ब्याजदरको कर्जा उपलब्ध गराउने सम्झौता गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...