News Portal

  • ‘भेन्टिलेटर’ हटाएपछि प्रधानमन्‍त्रीको पछिल्लो अवस्था यस्तो छ

    भक्तपुर,१२ मङ्सिर
    १०१८ पटक
    भक्तपुर,१२ मङ्सिर

    एपेन्डिसाइटिस शल्यक्रियापछि प्रधानमन्‍त्री केपी ओलीको स्वास्थ्यमा सुधार हुँदै गएको छ। ‘ब्याकअप’ का रुपमा राखिएको भेन्टिलेटर बिहान हटाइएपछि दिनभर प्रधानमन्‍त्री ओलीले सघनकक्षमै आराम गरिरहेका छन्।

    बुधबार बिहानदेखि ओली सहज महसुस गर्दै सामान्य उठबस गर्न थालेका छन्। उनले कालो चिया पिउने र आफन्त एवं चिकित्सकसँग सामान्य कुराकानी पनि गर्ने गरेका छन्। बुधबार बिहान प्रधानमन्‍त्री पत्‍नी राधिका शाक्यले ‌ओलीसँग भेटेकी थिइन्। दिनभर राधिका पतिको हेरचाहमा व्यस्त रहिन्।

    मंगलबार दिनभर भेन्टिलेटरमा राखिए पनि बुधबार बिहानदेखि भेन्टिलेटर हटाइएको हो। ओलीको उपचार टोलीका संयोजक रहेका डा। अरुण सायमीले ओलीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको बताए । उनले भने, ‘प्रधानमन्‍त्रीज्यूले कालो चिया पिउनुभयो, कुर्सीमा बसेर सामान्य कुरानकानी गर्न थाल्नुभएको छ। अहिले उहाँ आराममा हुनुहुन्छ।’

    पेट दुस्खेपछि प्रधानमन्‍त्री ओलीलाई मंगलबार बिहान अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्य परीक्षणका क्रममा एपेन्डिसाइटिस देखिएपछि मंगलबार नै त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा सफल शल्यक्रिया भएको हो। एपेन्डिसाइटिस फुटेर संक्रमण भएकोले म‌ंगलबार स्वास्थ्यमा केही जटिलता देखिए पनि बुधबार सुधारोन्मुख भएको चिकित्सकले बताएका छन्।

    प्रधानमन्‍त्रीका निजी चिकित्सक डा दिव्यासिंह शाहले प्रधानमन्‍त्रीको स्वास्थ्यमा अहिले कुनै जटिलता नदेखिएको बताइन्। उनले भनिन्, ‘अहिले सामान्य छ। उहाँको हेल्थ प्यारामिटर सन्तुलित छ। उहाँ केही दिन अस्पतालमै बसेर आराम गर्नुहुन्छ।’

    त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा। रमेश सिंह भण्डारी, सर्जन डा पलेश्‍वाँ जोशी लाखे, डा।दीलीप शर्मासहितको विशेषज्ञ टोली ओलीको उपचारमा संलग्‍न छ। उपचार टोलीको संयोजन वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा अरुण सायमीले गरेका छन्। प्रधानमन्‍त्रीका निजी चिकित्सक सिंह पनि उपचारमा प्रत्यक्ष संलग्‍न छिन्।

    उच्च चिकित्सकीय निगरानीसहित सघनकक्षमा राखेर ओलीको उपचार भइरहेको छ। संभावित स‌ंक्रमणको जोखिमलाई ध्यानमा राखेर उपचार टिमको सल्लाहमा बाहिरी भेटघाट तत्कालका लागि रोकिएको प्रधानमन्‍त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अन्‍नपूर्ण अनलाइनसँग बताए। केही दिन ओलीलाई अस्पतालमै बसेर आराम गर्न चिकित्सकहरुले सुझाव दिएका छन्।

    मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि प्रधानमन्त्री केपी ओलीले चारपटक हेमोडायलासिस गराएका छन्। उनले ग्रान्डी इन्टरनेसनल अस्पतालमा हेमोडायलासिस गराउँदै आएका छन्। चिकित्सकले अल्पकालीन उपचार पद्धतिका रूपमा हेमोडायलासिसलाई निरन्तरता दिएका छन् । चिकित्सकले दीर्घकालीन समस्या समाधानका लागि पुनस् मिर्गौला प्रत्यारोपण गर्नुपर्ने सुझाव दिदै आएका छन्।

    अचानक असहज महसुस गरेपछि ग्रान्डीमा भर्ना गरिएका ओलीको कात्तिक १३ गते पहिलो पटक डायलायसिस गरिएको थियो । कात्तिक १४ गते फेरि डायलायसिस गरिएको थियो। १२ वर्षअघि मिर्गौला फेल भएपछि ६४ सालमा उनको भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपणपछि उनले इम्युनोसप्रेसिभ औषधि सेवन गर्दै आएका छन् । उक्त औषधिका कारण प्रतिरोधात्मक क्षमतामा कमी आउने भएकोले बेलाबेलामा उनको स्वास्‍थ्यमा समस्या देखिने गरेको छ।

    भदौंको पहिलो हप्ता प्रधानमन्त्री ओलीको सिंगापुरमा प्लाज्माफेरेसिस गराइएको थियो। त्यही क्रममा दुई हप्ता ओली सिंगापुरमा रहेका थिए। रेनल बायोप्सीको रिपोर्टपछि ओली थप परीक्षण र उपचारका लागि सिंगापुर गएका थिए। प्लाज्माफेरेसिस पद्धतिबाट शरीरमा बढेको एन्टिबडी नष्ट गरिएको थियो ।त्यसअघि छाउनीस्थित सैनिक अस्पतालमा नियमित ल्याब परीक्षणसहित यूएसजी ग्याइडेड ‘रेलन बायोप्सी’ गरिएको अन्नपुर्णको खबर छ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...