News Portal

  • कमलविनायकका स्थायी बासिन्दा नेकपाका उम्मेदवार डीपीले दिए आफैँलाई भोट

    भक्तपुर, १४ मङ्सिर
    १४४३ पटक
    भक्तपुर, १४ मङ्सिर

    नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेदवार डीपी ढकालले मतदान गरेका छन् । प्रदेश सभा सदस्य पदका सूर्य ध्वजाबाहक उम्मेदवार ढकालले बिहानै मतदान स्थल पुगी आफूले आफैलाई मतदान गरेका हुन् ।

    बिहान ७ बजेबाट शुरु भएको मतदानमा उम्मेदवार ढकाल बिहानै पुगेका थिए । सर्वसाधारण सरह लाइनमा बसेर उनले करिब ८:३० बजेको समयमा मतदान गरेका यज्ञराज ढुंगानाले बताए ।

    भक्तपुर नगरपालिका वडा नम्बर १० कमलविनायकका स्थायी बासिन्दा ढकालले कमलबिनायकस्थित सरस्वति विद्या गृह मतदान केन्द्रबाट मतदान गरेका हुन् । काभ्रेको देउपुर जन्मथलो भै भक्तपुरमा स्थायीरुपले बस्दै आएपनि उनलाई पर्यटक उम्मेद्वार भन्दै विपक्षीले प्रचार गरेका थिए  ।

    भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश निर्वाचन क्षेत्र नम्बर १ मा जारी उपनिर्वाचनमा भक्तपुर-१० का साथै चाँगुनारायण नगरपालिकाका सबै वडाका मतदाता मतदानमा व्यस्त देखिएका छन् । मतदानमा मतदाताको उत्साहप्रद सहभागिता देखिएको निर्वाचन आयोगको कार्यालयले जनाएको छ  । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ ( १ ) मा करिब ४५ हजार मतदाता रहेका छन्  ।

    सच्याइएको : कमलविनायकस्थित सरस्वती विद्या गृह मतदान केन्द्रबाट मतदान गर्ने भनेर भुलवस नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे र उक्त पार्टीको उम्मेदवार निरज लबजूको नाम पर्न गएकोले सच्याइएको छ । भक्तपुर-१० कमलविनायक निवासी नेमकिपाका अध्यक्ष  बिजुक्छेको मतदाता नामावलीमा वडा नम्बर ४ र लबजूको ९ मा नाम भएकोले उनीहरुले यस मतदानमा भाग लिएका छैनन्  ।- सम्पादक

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...