News Portal

  • आम निर्वाचनको भन्दा भक्तपुरमा कम मत खस्यो : मतगणनाको तयारी हुँदै

    भक्तपुर, १४ मङ्सिर
    १४८९ पटक
    भक्तपुर, १४ मङ्सिर

    भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश क्षेत्र नम्बर १ मा प्रदेश सभा सदस्य पदका लागि भएको उपनिर्वाचनका लागि मतदान कार्य सम्पन्न भएको छ । शनिवार विहान ७ बजे शुरु भएको मतदान बेलुकी ५ बजे सम्पन्न भएको हो ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाए अनुसार यस मतदानमा करिब ७० प्रतिशत मात्र मत खसेको छ । कूल ४५ हजार १५ मतदाता रहेकोमा करिब ३२ हजार मात्र मत खसेको बताइएको छ ।

    अघिल्लो आम निर्वाचनको भन्दा यस उपनिर्वाचनमा मतदाताको उत्साह कम देखिएको छ । यस अघि ७५.२५ प्रतिशत मत खसेको थियो । यस अघि कूल ३८ हजार ९ सय ७६ मतदाता रहेकामा २९ हजार ३ सय ३१ मत खसेको थियो ।

    यस प्रदेश निर्वाचन क्षेत्रमा चाँगुनारायण नगरपालिकाका सबै वडा र भक्तपुर नगरपालिकाको वडा नम्बर १० का मतदाताले मतदान गरेका छन् । चाँगुनारायणमा ४० हजार ३ सय १० मतदाता रहेकामा करिब २९ हजार र भक्तपुर-१० मा ४ हजार ७ सय ५ मतदाता रहेकामा करिब ३ हजार मत मात्र परेको छ ।

    २२ मतदान स्थल रहेको उपनिर्वाचनमा मतदान स्थलबाट मतपेटिका खरिपाटीस्थित बिद्युत प्राधिकरणको तालिम हलमा ल्याइएको र आजैबाट मतगणना शुरु हुने भक्तपुरका सिडिओ नारायण भट्टले जानकारी दिए ।

    आम निर्वाचनमा विजयी प्रदेश सभा सदस्य हरिशरण लामिछानेको मस्तिष्काघातका कारण निधन भएपछि भक्तपुरमा शनिबार उपनिर्वाचन भएको हो।

    यस अघि स्वर्गीय हरिशरण लामिछानेले १२ हजार ७ सय ८९ मत ल्याएर विजयी भएका थिए । लामिछानेले वामगठबन्धनको आधिकारिक उम्मेदवार डीपी ढकाल विरुद्ध वागी उम्मेदवारी दिएका थिए। पछि एमाले र माओवादी केन्द्रले केन्द्रीय तहमै सहमति गरेर लामिछानेको उम्मेदवारीलाई गठबन्धनको उम्मेदवारीको मान्यता दिएका थिए। अहिले उपनिर्वाचनमा उनै ढकाल नेकपाका उम्मेदवार रहेका छन् ।

    त्यतिबेला लामिछानेका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीवन खत्रीले ९ हजार ९ सय ७४ मत ल्याएका थिए भने ७ हजार १९ मत ल्याएर नेमकिपाका निरज लवजू तेस्रो भएका थिए ।

    यस उपनिर्वाचनमा भने ९ दलका र १० स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी मैदानमा छन् ।  यस पटक पनि मूख्य प्रतिष्पर्धा भने नेकपा उम्मेदवार डीपी ढकाल, नेपाली काँग्रेसका कृष्णलाल भडेल र नेमकिपाका निरज लवजू बीच नै हुने अनुमान गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...