News Portal

  • १० विधामा उत्कृष्टलाई ‘सन्देश ईन्टरनेशनल अवार्ड’ दिइने

    भक्तपुर, १५ मङ्सिर
    १०८४ पटक
    भक्तपुर, १५ मङ्सिर

    सामुदायिक सञ्चार समुहको आयोजनामा मलेसियाको क्वालालम्पुरमा “सन्देश ईन्टरनेशनल अवार्ड –२०२०” हुने भएको छ ।

    एनआरएन मलेसिया र नेपाली राजदूतावास मलेसियासंगको सहकार्यमा मलेसियाको राजधानी क्वालालम्पुरमा हुने अर्वाड कार्यक्रममा विभिन्न १० विधामा १० जनालाई “सन्देश ईन्टरनेशनल अवार्ड –२०२०” प्रदान गरिने पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

    कार्यक्रममा भिजिट नेपाल–२०२० सम्बन्धी महत्वपुर्ण अन्तक्रिया, नेपालको पर्यटकिय स्थलहरुको प्रचारप्रसार गर्न डकुमेन्ट्री प्रदर्शन र नेपाल सरकारले घोषणा गरेको “समृद्ध नेपाल, सुखी नेपाली” अभियानलाई सफल बनाउन “देश फर्कौ, देश बनाऔं” सन्देश दिने डकुमेन्ट्री पनि प्रदर्शन गरिने सामुदायिक सञ्चार समुहका अध्यक्ष सुनिल खड्काले बताए ।

    पुसको पहिलो साता हुने कार्यक्रममा मलेसियाका विभिन्न संघ/संस्था, सामाजिक व्यक्तित्व, उद्योगी/व्यवसायीका साथै नेपाल र अन्य देशसमेत गरी करिब ४ सय जनाको सहभागीता रहने आयोजकको भनाइ छ ।

    कार्यक्रममा नेपालबाट अवार्ड पाउने व्यक्ति, विज्ञापनदाता, सञ्चारकर्मीहरु, राजनैतिक दलका नेता, सांसद, विभिन्न संघ/संस्था, सामाजिक व्यक्तित्व, उद्योगी/व्यवसायी लगायतको सहभागीता रहने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

    विज्ञापनदातालाई निःशुल्क मलेसिया र सिङ्गापुर भ्रमण

    हेटौंडा/सामुदायिक सञ्चार समुहद्धारा सञ्चालित रेडियो सन्देश १०६.९ मेगाहर्जले गतवर्ष झैं यसवर्ष पनि विज्ञापनदाताहरुलाई मलेसिया र सिङ्गापुर दुुई देश निःशुल्क भ्रमण गराउने भएको छ । रेडियो सन्देशले विशेषगरी विज्ञापनदाताहरुलाई लक्षित गरी बम्पर अफर घोषणा गरेको अध्यक्ष खड्काको भनाई छ ।

    वार्षिक रुपमा नियमित विज्ञापन दिने विज्ञापनदाताहरुको व्यवसाय प्रवर्द्धन र विज्ञापनदातासंग दीर्घकालिन सम्बन्ध स्थापित गर्न देशमा नैं पहिलो पटक फरक सोचकासाथ बम्पर अफर घोषणा गरेको अध्यक्ष सुनिल खड्काले बताए ।

    एक वार्षसम्म नियमित रेडियोमा विज्ञापन प्रशारण गर्ने विज्ञापनदातालाई विदेश भ्रमणमा लैंजाने रेडियोले उद्घोष गरे अनुसार रेडियोले गतवर्ष पनि थाईल्याण्डको बैंकक, पतैंया, आईल्याण्ड लगायत ऐतिहासिक पर्यटकिय स्थलहरुको निःशुल्क भ्रमण गराएको थियो ।
    वार्षिक रुपमा नियमित विज्ञापन दिने विज्ञापनदाताहरुको व्यवसाय प्रवद्र्वन संगैं वैंदेशिक भ्रमणको पनि प्याकेज ल्याईएको सामुदायिक सञ्चार समुह (रेडियो सन्देश १०६.९ मेगाहर्ज) का अध्यक्ष खड्काले जानकारी दिए ।

    पहिलो चरणमा मंसिर महिनाभित्र विज्ञापन दिने विज्ञापनदाताहरुलाई पुसको पहिलो साता विदेश भ्रमणमा लगिने अध्यक्ष खड्काले बताउनुभयो । विज्ञापन बजाउनको लागी स्विकृति भएकैं दिन विदेश भ्रमणको लागि सहमति गरिने बताईएको छ ।

    ३ नम्बर प्रदेशको राजधानी हेटौंडाको मुख्य बजार (बुद्ध चोक) बाट उक्त रेडियो प्रशारण हुँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...