News Portal

  • पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि : एलपी ग्यास र हवाई इन्धन यथावत

    इभक्तपुर संवाददाता
    १०१८ पटक

    नेपाल आयल निगमले सोमबार राति देखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरिएको हो ।

    निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरिएको जनाएको छ ।

    ईण्डियन आयल कर्पोरेसनबाट १ डिसेम्बर २०१९ मा प्राप्त नयाँ खरिद मूल्यमा केही बढेर आएकाले मूल्य समायोजन गर्नुपरेको निगमको भनाइ छ ।

    हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत रहेको बताइएको छ ।

    नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १०९ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ कायम गरिएको निगमले बताएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...