News Portal

  • अनलाइनमा विज्ञापन गरी एक महिनामै ८ लाख बढी ठगी गर्ने २ जना भक्तपुरबाट पक्राउ

    भक्तपुर, १७ मङ्सिर
    १९२६ पटक
    भक्तपुर, १७ मङ्सिर

    एक महिनामै ८ लाख बढी ठगी गर्ने २ जना भक्तपुरबाट पक्राउ परेका छन् । अनलाइन विज्ञापन गरी सस्तोमा सामान दिने भनी ठगी गर्ने उनीहरु प्रहरीको फन्दामा परेका हुन् ।

    उनीहरुलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको विशेष टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको साँगाचोकगढी घर भई भक्तपुर बस्ने अमिर थापा र भक्तपुर कमलविनायकका अमन अवाल रहेको प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

    महाशाखाका प्रमुख रहेका एसएसपी सहकुलबहादुर थापाले जनाए अनुसार अनलाइनबाट सम्पर्कमा आएका उपभोक्तालाई ठगी गरेको भन्ने सूचनाको आधारमा थापा र अवाललाई पक्राउ गरिएको हो ।

    विदेशबाट ल्याइएको ब्रान्डेड घडी, मोबाइल,ल्यापटप लगायतका सामान सस्तोमा दिने बिज्ञापन गरेर सम्पर्कमा आएका उपभोक्ताको पैसा ठग्ने कार्यमा उनीहरु संलग्न रहेको प्रहरीको भनाइ छ ।

    उनीहरूलाई थप अनुसन्धान गर्न महानगरीय प्रहरी परिसरको जिम्मा लगाइएको महाशाखाले जनाएको छ । साथै, ठगीएको कुरा गोप्य नराखी शङ्कास्पद गतिविधि देखिएमा प्रहरीलाई खबर गर्न समेत प्रहरीले अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...