News Portal

  • भक्तपुर सम्वन्धी विशेष गीतको पोस्टर सार्वजनिक

    इभक्तपुर संवाददाताभक्तपुर, १७ मङ्सिर
    २९०८ पटक
    भक्तपुर, १७ मङ्सिर

    भक्तपुर सम्वन्धी विशेष गीतको पोस्टर सार्वजनिक गरिएको छ । भक्तपुरको महत्व दर्शाउने गरि तयार गरिएको उक्त गीतको पोस्टर सार्वजनिक गरिएको हो ।

    विश्व सम्पदा सूचीमा सूचिकृत भक्तपुरको पाँच तल्ले मन्दिर क्षेत्रमा छायांकन गरिएको उक्त गीतले भक्तपुरको धर्मिक ,सास्कृतिक तथा पर्यटकीय सम्भावनालाई थप प्रबर्द्धन गर्दै नेपाल भ्रमण वर्ष सन् २०२० लाई सार्थक बनाउन सहयोगी भूमिका खेल्ने गीतका गायक तथा संयोजक कपिल कसपालले बताए ।

    यस गीतलाई बिश्वभरीका पर्यटन बजारमा पठाउन सकियोस र पर्यटकलाई सजिलै भक्तपुरप्रती आकर्षित गर्न सकियोस भन्ने उदेश्यले गीतको भिडियोमा शब्दलाई अंग्रेज़ीमा स्क्रोल्लिंग गरेर देखाइने व्यवस्था मिलाइएको उनको भनाइ छ । पाँच मिनेटको गीतमा भक्तपुरका सम्पुर्ण कला,भाषा ,साहित्य ,परम्परा ,रितिरिवाज र बस्तुस्थितिको चित्र उतार्ने प्रयत्न गरिएको गायक कसपालले जानकारी गराए ।

    उक्त गीतलाई चर्चित व्यंग्यकार चट्याङ मास्टर (कृष्ण मुरारी गौतम ) ले लेखेका हुन् भने बिबि अनुरागीले संगीत भरेका छन् । गीतको अडियो ब्य्वस्थापन पत्रकार तथा साहित्यकार जितेन्द्र रसिकले गरेका बताइएको छ ।भक्तपुर बिशेष गीतको निर्देशन चर्चित निर्देशक गम्भीर बिष्टले गरेका छन् । गीतमा ५ दर्जन भन्दा बढी नृत्य कलाकारहरुलाई नचाइएको छ भने भक्तपुरका सम्पुर्ण भेषभुषा ,परम्परा ,रितिरिवाज लाई एउटै फ्रेम भित्र अटाइएको छ ।

    गीतको भिडियोमा भक्तपुरबाट राष्ट्रिय योगदान दिन तथा आफ्नो पहिचान बनाउन सफल चर्चित ब्यक्तित्वहरु वरिष्ठ सस्कृतिविद तेजेस्वर बाबु ग्वङ,वरिष्ठ संगीतकार दिपक जंगम, वरिष्ठ कलाकार हरि बहादुर थापा ,वरिष्ठ गीतकार सुवाशचन्द्र ढुंगेल लगायत गायक कपिल कसपाल गीतकार चट्याङ मास्टर,अडियो ब्यवस्थापक तथा पत्रकार जितेन्द्र रसिकको अभिनय रहेको छ । त्यसैगरी चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र ,उप प्रमुख बिना बास्तोला,मध्यपुर ठिमी नगरपालिकाकी उप प्रमुख अन्जना देवी मधिकर्मी सहित जिल्ला समन्वय समितिका संयोजक नवराज गेलाल देखि स्थानीय चर्चित नृत्य कलाकारहरु समेत यसमा समेटिएका बताइएको छ ।

    गीतबारे सबैबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको भन्दै गायक कसपालले सहयोगका लागि बिभिन्न निकायमा पत्राचार समेत भएको भनेका छन् । उनले छिट्टै नै एक भब्य कार्यक्रमको आयोजना गरेर गीत को अडियो /भिडियो लोकार्पण गरिने जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...