News Portal

  • महिला हिँसामा महिलाकै हात बढी : उपप्रमुख जोशी

    भक्तपुर, १७ मङ्सिर
    ११६९ पटक
    भक्तपुर, १७ मङ्सिर

    भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले समाजमा महिला हिँसामा महिलाकै हात बढी भएको भन्दै त्यसको अन्त्य हुनुपर्ने आवश्यकता औल्याइन ।

    मंगलवार भक्तपुर नगरपालिका वडा नं ६ द्वारा आयोजित लैङ्गिक हिंसा विरुद्धको कानुनी साक्षरता कार्यक्रममा बोल्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी उप प्रमुख जोशीले कतिपय पिडित महिलाहरु हिंसामा परे पनि लुकाउने गरेका कारण पीडकको आत्मबल बढेको बताइन । पिडालाई सहेर नभई लडेर मुकाबिला गर्नुपर्नेमा जोशीको जोड रहेको छ ।

    समाजमा महिला र पुरुषबीच भेदभाव कायम रहेका कारण अहिले पनि स्त्री भ्रुण हत्याको कहालीलाग्दो अवस्था रहेको उनको भनाइ छ । २१ औं शताब्दीमा प्रविधिको विकासले गर्भपतनको समस्या विकृतिको रुपमा देखापरेको उनले दावी गरिन । उनले यसलाई नियन्त्रण गर्न समाज अगाडी बढ्नुपर्ने बताइन ।

    कार्यक्रममा वडा नं ६ वडा अध्यक्ष हरिराम सुवाल,वडा सदस्य गोविन्द दुवाल, वडा सदस्य रोशनमैया सुवाल,कानुन अध्ययन समाजका सदस्य तथा अधिवक्ता अनिता जधारी लगायतले घरेलु हिंसा भएको थाहाँ पाउने र त्यसका बिरुद्ध लड्ने बारे सुसूचित गराएका थिए ।

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...