News Portal

  • नगर शिक्षा ऐन अनुशरण गर्न भक्तपुर नगरपालिकाको निर्देशन

    भक्तपुर, १८ मङ्सिर
    ११७८ पटक
    भक्तपुर, १८ मङ्सिर

    भक्तपुर नगरपालिकाले सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुको भेला बोलाएर नगर शिक्षा ऐन अक्षरस: अनुशरण गर्न निर्देशन दिएको छ । बुधवार नगरपालिकाले उक्त निर्देशन दिएको हो ।

    प्रधानाध्यापकहरु लाई निर्देशन दिंदै नगर प्रमुख सुनिल प्रजापतिले भने, ”नेपालको संविधान २०७२ बमोजिम शिक्षा ऐन बनाइ लागू गरिएको छ, यो पूर्ण पालना हुनुपर्दछ ।” भक्तपुरका सामुदायिक विद्यालयहरुका शिक्षकहरुको लगनशीलता अनुकरणीय रहेको भन्दै प्रमुख प्रजापतिले शिक्षकको थप क्षमता वृद्धिका लागि नगरपालिकाले आवश्यक तालिम उपलब्ध गराउने प्रतिवद्धता प्रकट गरे ।

    अवकाश प्राप्त शिक्षकहरुको अनुभवलाई समेत उपयोग गरेर अघि बढ्नु पर्ने बताउदै उनले प्रधानाध्यापक र शिक्षकको सम्बन्ध सुमधुर बन्नुपर्ने समेत बताए । विद्यालयको कमाण्डर प्रधानाध्यापक हुने भएकोले विद्यालय राम्रो बनाउने जिम्मा पनि प्रअमै निहित हुने उनको भनाइ थियो तर त्यसो भन्दैमा प्रअले आफूलाई मालिक ठान्नु नहुनेमा उनको जोड छ । विद्यालयमा प्रअ, शिक्षक,कर्मचारी, विद्यार्थी,अभिभावक र समुदाय सबैको सहभागिता आवस्यक भएको उनले भनेका छन् ।

    उक्त अवसरमा वडा नम्बर ५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्य,प्रमुख प्रशासकीय अधिकृत दीपक कोइराला,शिक्षा समन्वय इकाईका उपसचिव हरिप्रसाद निरौला,सार्वजनिक परीक्षा समितिका गंगाधर हाडा, संयुक्त परीक्षा समितिका अम्बिका न्याईच्याई र नगरपालिका शिक्षा शाखाका कृष्णप्रसाद कर्माचार्य लगायतले भक्तपुर नगरपालिकाले शिक्षालाई प्राथमिकता दिएर कार्यसम्पादन गर्दा शिक्षाको क्षेत्रमा प्रगती भएको भन्दै सन्तोष व्यक्त गरेका थिए ।

    भक्तपुर पोस्टको फेसबुक पेज लाइक गर्नुभयो  ? पेज लाइक गरि फेसबुकमै खबर प्राप्त गर्नुहोस !

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...