News Portal

  • बैंक लहड र घमण्डले चल्दैन, मौका छ सुध्रनुस् : अर्थमन्त्री

    भक्तपुर, २० मङ्सिर
    ९३७ पटक
    भक्तपुर, २० मङ्सिर

    अर्थमन्त्री डा. युवराज खतिवडाले केहि व्यक्तिहरु लहड र घमण्डले बैंकिङ व्यवसायमा लागेको भन्दै उनीहरुलाई सुध्रनका लागि बिग मर्जर उपयुक्त अवसर भएको बताएका छन्। शुक्रबार जनता बैंक र ग्लोबल आईएमइ बैंकको मर्जरपछि संयुक्त कारोबार सुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले बैंकिङ क्षेत्र नै नबुझेका तर अरुकाे देखासिखी र रहरले बैंकिङ व्यवसायमा लागेकाहरुलाई अर्को वित्तीय संस्थासँग समयमै मर्जर गएर ठूलो दुर्घटनाबाट बच्न अहिले उपयुक्त अवसर रहेकाे बताएका हुन्।

    अधिकांश बैंकका संचालकहरुमा बैंक तथा वित्तीय क्षेत्रका बारेमा निकै सामान्य ज्ञान पनि नभएको भन्दै अर्थमन्त्री खतिवडाले त्यस्ता संचालकहरु बैंकिङ क्षेत्रबाट बाहिरिन अर्को बैंकसँगको मर्जर उपयुक्त हुने बताए। ‘खासगरी रहरले, कसैसँग प्रतिस्पर्धा गरेको देखाउन अथवा व्यवसायिक ज्ञानको अभाव भएको कारणले बैंकको व्यवस्थापक, प्रवर्द्धक, संचालक भएकाहरुलाई मौका पनि दिनु थियो। बैंक भनेको रहरले, घमण्डले वा कसैलाई मैले पनि बैंक खोलेर देखाइदिन्छु भन्ने उद्देश्यले बैंक चल्ने अवस्था छैन र भोलि पनि रहँदैन। बैंकिङ क्षेत्रमा केहि व्यवसायिक दक्षता चाहिन्छ,’ अर्थमन्त्री खतिवडाले भने।

    बैंकको पुँजी बढी हुँदा लगानीको वातावरणमा पनि त्यसको प्रत्यक्ष प्रभाव देखिने र त्यसले समग्रमा देशको अर्थतन्त्रलाई नै मद्दत पुर्‍याउने भएका कारण बैंकको पुँजी वृद्धिका लागि पनि बिग मर्जरको अवधारणा ल्याइएको खतिवडाले बताए। ‘व्यापारलाई मात्रै फाइनान्स गरेर र एलसीको मात्रै कमिसन खाएर बैंकहरु बस्ने होइन। अब ठूला परियोजनामा पनि लगानी गर्नुपर्छ। त्यसका लागि बाहिरबाट बैंकहरु आफै ऋण खोजेर पनि ल्याउन सक्छन् भनेर सरकारले भनेको छ,’ उनले भने। देशको अर्थतन्त्रको संरचना परिवर्तनसँगै ठूलो लगानीको आवस्यकता देखिएको भन्दै त्यस्तो लगानी जुटाउन बैंकहरुले आफ्नो पुँजी वृद्धि गर्नु आवस्यक रहेको खतिवडाको भनाइ छ।

    कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थाले सूचना प्रविधि र साइबर सुरक्षाका क्षेत्रमा निकै कम मात्र लगानी गरेको भन्दै त्यो लगानी बढाउनुपर्ने बताए। ‘बैंक तथा वित्तीय संस्थाले आइटीका क्षेत्रमा निकै कम मात्र लगानी गरेका छन्। मलाई त भन्न पनि लाज लाग्छ। तर, बैंकका कर्मचारीले चेक कसलाई दिने कसलाई नदिने भन्ने पनि थाहा पाउँदैनन,’ गभर्नर नेपालले भने। बैंकको व्यवस्थापन र संचालकहरुले नै आफ्नै संस्थाको कर्मचारी पनि नचिन्ने अवस्था अहिले रहेको उनको भनाइ छ।

    व्यापारव्यवसाय गरिरहेका उद्योगीहरु नै बैंकको पनि संचालक रहेको तर तीनै व्यक्तिले ब्याजदरका विषयमा दुईथरी कुरा गर्ने गरेको विषयमा पनि गभर्नर नेपालले गुनासो पोखे। ‘बैंकर र व्यवसायी एकै व्यक्ति रहेको अवस्थामा एउटै व्यक्तिले बैंकको ब्याजदर घटेन पनि भन्ने ब्याजदर बढाएर नाफा पनि लिइरहने व्यक्तिहरु पनि छन। हाम्रो आग्रह के हो भने विशुद्ध व्यवसाय गर्नुहोस्। पहिला तपाईंहरु सुध्रिनुहोस्। होइन भने ब्याजदर बढी भयो भनेर कराउने होइन,’ उनले भने। मर्जरको प्रक्रिया निरन्तर चलिरहकाे पनि गभर्नर नेपालले स्पष्ट पारेको नेपललाईभको खबर छ ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...