News Portal

  • जनताको राजनीतिक चेतनास्तर खस्कियो : अध्यक्ष बिजुक्छे

    इभक्तपुर संवाददाता
    १३३८ पटक

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले जनताको राजनीतिक चेतनास्तर खस्किँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । जनताले निर्वाचनमा राजनीतिक र बैचारीक रुपले योग्य उम्मेदवार छान्न नसकेको भन्दै उनले उक्त चिन्ता व्यक्त गरेका हुन् ।

    शुक्रवार भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको १८ औं र ख्वप कलेज अफ इन्जिनियरिङको ११ औं वार्षिकोत्सव एवम् शैक्षिक प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै उनले राजनैतिक शिक्षा बाँड्नुको सट्टा झुटो आश्वासन र पैसाको लोभ देखाएर निर्वाचन जित्ने बाहेक दलहरुसंग कुनै भिजन नभएको आरोप लगाए । जनता झुक्याउने काम शासक दलहरूबाटै भइरहेको र जनता पनि सजिलै झुक्कीरहेको उनको भनाइ छ ।

    अर्थतन्त्रमा स्वतन्त्र नभएको देश राजनीतिक रुपमा पनि स्वतन्त्र नहुने विचार व्यक्त गर्दै अध्यक्ष बिजुक्छेले देशलाई भारत र अमेरिकाले आफ्नो अधिनमा राख्न खोजेको भन्दै आपत्ति प्रकट गरे ।

    सरकारका बस्ने सबै नेताहरुलाई कुन रोग लागेको छ र को कहिले मर्ने वा बाच्ने भन्ने कुरा पनि उनीहरुकै अधिनमा रहेको नेता बिजुक्छेले बताए ।

    लिम्पियाधुरा, लिपुलेक र कालापानीको विवादबारे सरकारले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा उठाउनुपर्ने  जिकिर गर्दै उनले समाजवादी देश क्युवाको शिक्षा र स्वास्थ्य क्षेत्रबाट नेपालले धेरै कुराहरू सिक्नुपर्ने आवश्यकता औल्याए ।

    उक्त अवसरमा कार्यक्रमका सभापति एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाद्वारा सञ्चालित कलेजहरू अनुसन्धानको केन्द्रको रुपमा विकास गरी कलेजहरूलाई् विश्वविद्यालयको रुपमा अगाडि बढाउन नगरपालिका प्रयत्नशील रहेको बताएका थिए ।

    भक्तपुर नगरबासी जनताले तिरेको कर र आन्तरिक स्रोतबाट स्थापना भएको ख्वप इन्जिनियरिङ कलेजले देशभरका विद्यार्थीहरूलाई सस्तो र गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गरिरहेको उनको भनाइ छ ।

    कार्यक्रममा प्रदेश नं. ३ प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई,भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले,नेपाल इन्जिनियरिङ परिषद्का उपाध्यक्ष अर्नराज सिलवाल,इन्जिनियरिङ अध्ययन संस्थान, परीक्षा सहायक डीन प्रा.डा. ज्ञानबहादुर थापा,महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सबिन प्रधान,ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवाल लगायतले मन्तब्य राखेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...