News Portal

  • सडक सञ्जालले जोडिन बाँकी करिब ४६ स्थानीय तहमा एकसाथ पक्की सडक पुर्याइने

    इभक्तपुर संवाददाता
    ११०८ पटक

    प्रदेश राजधानीदेखि सबै स्थानीय तहको केन्द्रसम्म अब पक्की सडक सञ्जालले जोडिने भएको छ । यससँगै सडक सञ्जालले जोडिन बाँकी करिब ४६ स्थानीय तहमा पक्की सडक पुग्ने र कच्ची सडक पुगिसकेका स्थानीय तहमा पक्की सडकले जोडिने छ ।
    स रका रले राष्ट्रिय र प्रादेशिक सडक सञ्जालमा नजोडिएका स्थानीय तहको केन्द्रदेखि प्रदेश राजधानीसम्म पक्की सडक निर्माण गर्नका लागि कार्यविधि निर्माण ग री कार्यान्वयन गर्ने अन्तिम तया री ग रेको छ । सङ ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यविधि निर्माण ग री रायका लागि अर्थ मन्त्रालयमा पठाएको छ । अर्थ मन्त्रालयले सहमति दिएपछि यसै वर्षदेखि लागू हुने ग री काम अगाडि बढाइने मन्त्रालयले जनाएको छ ।
    स्थानीय पूर्वाधा र विभागका महानिर्देशक रामचन्द्र श्रेष्ठले अर्थ मन्त्रालयले सहमति दिएपछि यसै वर्षदेखि स रका रले राष्ट्रिय र प्रादेशिक सडक सञ्जालमा नजोडिएका स्थानीय तहको केन्द्रदेखि प्रदेश राजधानीसम्म पक्की सडक निर्माण कार्य अगाडि बढाइने बताउनुभयो । उहाँले भन्नुभयो, “यस कार्यक्रममार्फत कच्ची सडक पनि नपुगेका स्थानीय तहमा एकै पटक पक्की सडकले जोड ्ने र कच्ची सडक पुगेका स्थानीय तहमा पक्की सडकले जोडिने छ । ”
    विभागका अनुसा र अझै पनि १३ वटा जिल्लाका ४६ स्थानीय तहमा कच्ची सडक जोडिन बाँकी छ । ताप्लेजुङ, सङ ्खुवासभा, धादिङ, मनाङका एक÷एक स्थानीय तह; जाज रकोटमा तीन, डोल्पामा छ, कालीकोटमा पाँच, मुगुमा तीन, हुम्लामा सात, बाजु रामा चा र, बझाङमा पाँच, बैतडीमा छ र दार्चुलामा तीनवटा स्थानीय तहमा कच्ची सडक पुग्न बाँकी छ । स रका रले सबै स्थानीय तहमा पक्की सडक निर्माण गर्न तीनै तहको लागत साझेदा रीमा पक्की सडक निर्माण गर्न लागेको हो । सङ ्घीय स रका रले ६० प्रतिशत, प्रदेशको ३० र स्थानीय तहको १० प्रतिशत लागत साझेदा रीमा सडक निर्माण हुन लागेको हो । सङ ्घीय स रका रबाट बेहोर्ने रकम भने विकास साझेदा रबाट अनुदान तथा ऋण सहयोगमा समेत लिन सक्ने ग री कार्यविधि निर्माण ग िरएको छ । सङ ्घीयता कार्यान्वयन गर्ने क्रममा स रका रले प्रदेश राष्ट्रिय र प्रादेशिक सडक सञ्जाल कार्यक्रम ल्याएको हो । उक्त कार्यक्रम कार्यान्वयनमा आएपछि एक वर्षभित्र सातवटै प्रदेश राजधानीदेखि स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जालले जोडिने अपेक्षा स रका रको छ ।
    उक्त सडक सञ्जालमा आवश्यकताअनुसा र नेपाल स रका रको सडक मापदण्डकै आधा रमा पैदल मार्ग र साइकल ट्र्याकसमेत निर्माण गर्ने ग री कार्यविधि निर्माण ग िरएको छ । राष्ट्रिय र प्रादेशिक सडक सञ्जाल कार्यान्वयन गर्न मन्त्रालयमा समन्वय एकाइ र प्रदेश तहमा कार्यान्वयन एकाइ गठन गर्ने र भौगोलिक अव स्था हे री सडक अधिकतम दुई लेनसम्मको निर्माण गर्न सकिने छ । भौगोलिक ध रातल हे री पहि रो जाने सम्भावना र वन क्षेत्र विनाश हुने भए त्य स्तो अव स्थामा सडक एक लेनको पनि निर्माण गर्न सकिने छ ।
    माग गriएका सडकको स्वीकृत सङ ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने र सडकको अनुगमन, नियमन र समन्वय स्थानीय पूर्वाधा र विभागले गर्ने ग री कार्यविधि निर्माण ग िरएको छ । उक्त सडक निर्माणका लागि सम्बन्धित स्थानीय तहले कार्यपालिकाको निर्णय ग री प्रदेशअन्तर्गतको पूर्वाधा र विकास कार्यालयमा पठाउनुपर्ने छ ।
    सङ ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने अर्थ मन्त्रालयको राय आएपछि कार्याविधिले पूर्णता पाउने र त्यसपछि भौतिक रूपमै काम अगाडि बढाइने जनाएको नगेन्द्र सापकोटाले गोरखापत्रमा खबर लेखेका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...