News Portal

  • सोलु जलविद्युत् आयोजना: २३.५ मेगावाटको विद्युत उत्पादन

    भक्तपुर, २३ मङ्सिर
    १२५४ पटक
    भक्तपुर, २३ मङ्सिर

    अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले निर्माण गरेको सोलु जलविद्युत् आयोजनाबाट २३.५ मेगावाटको विद्युत उत्पादन गर्न थालेको छ ।

    सरकारले अध्ययन गरी निजी क्षेत्रलाई निर्माण गर्न दिएको सुपर सिक्स मध्येको एक यस आयोजना निर्माण सकेर प्रसारणको तयारीमा रहेको छ।आयोजनाको तयारी अनुसार विद्युत् प्राधिकरण र नेपाल विद्युत् विकास विभागका प्राविधिक आएर परीक्षण गरी पास भएपछि नियमित प्रसारणमा जाने भएको छ।

    केन्द्रीय प्रसारण लाइनमा जोड्ने सोलु कोरिडोर निर्माणको काम ढिलाई पछि वैकल्पिक रूपमा ३३ केभीए प्रसारण लाइन लाम्माने–ओखलढुंगा–बुइपा–गाइघाट पठाउने योजना बनेको छ। सन् २०१० मा ऊर्जा मन्त्रालयको अनुमतिपछि सन् २०११ बाट प्रारम्भिक काम सुरु गरेको थियो । २०१४ बाट निर्माणको काम थालेको सो आयोजनाले सन् २०१८ भित्र निर्माण पूरा गर्ने लक्ष्य बनाएको थियो।

    भूकम्प तथा आयोजना क्षेत्रको भौगोलिक अवस्थाका कारण निर्माणको काम एक वर्ष ढिला भएको आयोजनाका प्रबन्धक मार्कण्डेय न्यौपानेले बताए। पूर्णस्वदेशी लगानीमा निर्माण भएको आयोजनाको लागत ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ।

    सोलु खोलाबाट आउने पानीको बहावमा आधारित उक्त आयोजनाको तल्लो भागमा १ सय ७० मिटर लामो टनेल छ । सो टनेलभित्र हाइ प्रेसर पाइप बिच्छ्याएको छ । कुल ४.३ किलोमिटरको पाइपमध्ये तीन सय ९ मिटर लो प्रेसर र चारसय मिटर हाई प्रेसर संरचनामा पर्ने आयोजनाका साइड प्रशासन प्रमुख बद्रीमान श्रेष्ठको भनाइ छ।

    खोलाको पानी नियन्त्रण गर्न बाँध निर्माण गरेको छ। बाँध ४.२ मिटर उचाइ र २६ मिटर लम्बाइको बनेको छ । बाँधको पानी आवश्यक परेको समयमा रोक्न र बढी हुँदा खोल्न तीन मिटर लामो दुईवटा गेट भएको ‘स्लुइस’ निर्माण गरिएको छ। २.५ मिटर ब्यास र १.९ मिटर उचाइका पेनस्टक पाइप छन्। आयोजनामा १.२ मिटर उचाइ र ४.३ मिटर लम्बाइका तीनवटा इन्टेक गेट बनाइएको छ।

    आयोजनाको कन्स्ट्रक्सनको काम ‘सीई कन्स्ट्रक्सन’ले गरेको हो। आयोजनाका लागि लक्ष्मी बैंकको नेतृत्वमा आठवटा बैंक र एक जलविद्युत् तथा विकास कम्पनीले ७५ प्रतिशत लगानी गरेका छन्। २५ प्रतिशत कम्पनीको इक्विटी रहेको छ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...