News Portal

  • राष्ट्रियसभामा कांग्रेसको सिट खुम्चिँदै

    भक्तपुर, २४ मङ्सिर
    ९९७ पटक
    भक्तपुर, २४ मङ्सिर

    उपनिर्वाचनको परिणामबाट केही उत्साही भएको नेपाली कांग्रेसका लागि राष्ट्रियसभाको निर्वाचन भने निराशाजनक हुँदैछ । माघ पहिलो साता हुने राष्ट्रियसभाका १९ सांसदको निर्वाचन हुँदै छ। सो निर्वाचनमा कांग्रेसले कम्तिमा ६ सिट गुमाउनु पर्ने अवस्था देखिएको छ ।

    राष्ट्रिय सभाको दुईवर्षे कार्यकाल पूरा गरेर बिदा हुने १९ जना सांसद रहेका छन् । त्यसमध्ये कांग्रेसका ७ जना छन् । ५९ सदस्यीय राष्ट्रियसभामा १३ सिट पाएको कांग्रेसले चिठ्ठा तान्दा पनि घाटा लागेको थियो । १९ जनाले आ–आफ्नो क्लस्टरमा चिठ्ठा तान्दा ७ जना कांग्रेसका सांसद दुईवर्षेमा परेका हुन् ।

    राष्ट्रियसभाको निर्वाचन माघको ७ देखि १० गतेभित्र गर्ने तयारी हुँदैछ । संविधानअनुसार सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन भइसक्नुपर्छ । फागुन २१ गते अहिलेका सांसदको २ वर्षे कार्यकाल पूरा हुँदैछ ।

    यसपटक कांग्रेसबाट राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईसहित विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रपसाद उपाध्याय र धनकुमारी खतिवडाको कार्यकाल सकिँदैछ ।

    त्यस्तै नेकपाबाट हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपालीको कार्यकाल सकिँदैछ ।

    राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानको पनि २ वर्षको कार्यकाल सकिँदैछ । अनलाईनखबर

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...