News Portal

  • नेमकिपाको ऐतिहासिक बिरोध प्रदर्शन : भारतीय दुतावास पुगेर बुझाए बिरोध पत्र (पत्रसहित)

    १८६० पटक

    नेपाल मजदुर किसान पार्टीलाई विरोधको पर्यायकै रुपमा पनि व्याख्या गर्ने गरिन्छ । कतिपय अवस्थामा नेमकिपाको विरोधले ठूलै अर्थ राख्ने गर्दछ । शाशक दलहरु र तीनका नेताहरु नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेलाई आफ्नो पक्षमा पार्न कमलविनायकस्थित उनको निवासमा आउने गरेका उदाहरण पनि प्रसस्तै छन् ।

    सोमबार भने देशको सीमा मिचिएको विषयमा नेमकिपाको विरोध एतिहासिक नै रह्यो । विषयको गाम्भीर्यताका कारण मात्र नभई मास प्रदर्शनका हिसावले पनि यो एतिहासिक भएको नेमकिपाकै नेताहरु बताउछन ।

    नेमकिपाले कालापानी र लिपुलेक अंकित भारतीय नक्सा खारेजीको माग गर्दै सोमबार वृहत जुलुस प्रदर्शनका साथ भारतीय दुतावासमा विरोधपत्र बुझाएको छ ।

    भारतद्वारा नेपाली भूमी अतिक्रमणको विरुद्धमा नाराबाजी गर्दै नेमकिपाले रत्नपार्कदेखि लैनचौरसम्म विरोध प्रदर्शन गरेको हो ।

    भारत सरकारको नेपालप्रतिको बलमिचाइको कारण दुई देशवीचको सम्वन्धमा गतिरोध भइरहेको र अतिक्रमित भूमी तत्काल फिर्ता दिनुपर्ने भन्दै नेमकिपाले दुतावासमा ज्ञापनपत्र समेत बुझाएको थियो ।

    नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले ज्ञापन पत्र बुझाउँदै नेपाल र बेलायती–भारतबीच सन् १८१६ मा भएको सुगौलीसन्धीअनुसार महाकाली नदीको उद्गमस्थल लिम्पियाधुरादेखि पश्चिमसम्मको भाग नेपालको भएको धारणा राखे । ज्ञापन पत्र बुझ्दै भारतीय दुतावासका द्वितीय सचिव डा.अजय कुमारले नेपाली जनताका माग र धारणाहरुका बारेमा आफुहरु जानकार भएको बताए । सीमा विवादको समस्या आपसी छलफलमा टुँग्याउनुपर्ने बताउँदै ज्ञापनपत्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्म पु¥याउने धारणा राखे ।

    धर्ना कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले नेपाली भूमी लिम्पियाधुरा, कालापानी, लिपुलेकसमेत भारतमा गाभेर तयार गरिएको नयाँ नक्सा अविलम्व खारेज गर्नुपर्ने धारणा राखे । उनले भने,‘ नेपालको सुस्तालगायत ७२ भन्दा वढी ठाउँमा भारतद्वारा अतिक्रमित ६० हजार हेक्टरभन्दा वढी नेपाली भूमि फिर्ता हुनुपर्छ ।’

    नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य सृजना सैजुले नेपालको सीमानामा भारतले जबर्जस्ती रुपमा बाँध र ततबन्ध बनाइ वर्षेनी नेपाली भूमी डुबान र जनधनको क्षति भइरहँदा पनि नेपाल सरकार चुप लागेर बसेकोमा आपत्ति प्रकट गरिन् । उनले प्रश्न गरिन ,‘यो सरकार भारतको गुलामी गर्न बनेको हो कि नेपाली भुभाग र सार्वभौम सत्ताको रक्षा गर्न ?’

    दुतावास घेराउ गर्दै भारतीय हस्तक्षेप बन्द गर, भारतको नक्सा खारेज गर, कालापानी हाम्रै हो, लिपुलेक पनि हाम्रै हो, लिम्पियाधुरा हाम्रो हो, सुस्ता पनि हाम्रै हो, भारतीय सेना कालापानी छोड लगायतका नारा लगाइएको थियो । नेमकिपाको उक्त विरोधलाई राष्ट्रिय मिडियाहरुले प्राथमिकतापूर्वक समाचार प्रवाह गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...