News Portal

  • प्रहरी चौकीमा कार्यरत दुई प्रहरी पक्राउ

    सर्लाही, २५ मङ्सिर
    १०३४ पटक
    सर्लाही, २५ मङ्सिर

    सर्लाहीको त्रिभुवन नगरबाट दुई जना प्रहरी पक्राउमा परेका छन् । पक्राउमा परेका प्रहरीहरु प्रहरी चौकीमा कार्यरत हुन् । उनीहरुलाई ५० हजार रुपैयाँ घुससहित समातिएको हो ।

    भारतबाट नेपालतर्फ तस्करीका सामान ल्याउँदै थिए । ती सामान भित्र्याउन सहयोग गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेका अवस्थामा समातिए हुन्, प्रहरी नायव निरीक्षक राजेशकुमार सिंह र जवान मनोजकुमार यादव।

    बर्दीबासबाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टोलीले घुस लिएकै बेला उनीहरुलाई समातिएको हो । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका वडा नं–४ स्थित सगरमाथा बोर्डिङ स्कुल परिसरमा सेवाग्राहीसँग घुस बुझिरहेका थिए, सिंह र यादव ।

    अख्तियारका अधिकारीहरुले बताए अनुसार थप जानकारीका लागि उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...