News Portal

  • दुर्घटना अपडेट : ज्यान गुमाउनेमा सिन्धुपाल्चोकका सबैभन्दा बढी

    भक्तपुर, ३० मङ्सिर
    ९३४ पटक
    भक्तपुर, ३० मङ्सिर

    भक्तपुरको सूर्यविनायक र जगातीको बीचमा पर्ने आदर्श चोकबाट चालक सहित ३२ यात्रु बोकेर दोलखाको कालिञ्चोक तीर्थ यात्रामा निस्केको बा ४ ख ४४६८ नम्बरको रिजर्भ बस फर्कने क्रममा दुर्घटना हुँदा १५ यात्रुको ज्यान गएको छ । ज्यान जानेमा धेरैजसो भक्तपुरका अस्थायी वासिन्दा रहेका छन् ।

    आइतवार विहान कालिञ्चोक दर्शन गरि फर्कने क्रममा लामोसाँघु जिरी सडक खण्डको सिन्धुपाल्चोकस्थित सुनकोशी गाउँपालिका– ७ मा पर्ने छ किलो भन्ने ठाउँमा बस ब्रेक फेल भएर सडकबाट खसेको थियो । उक्त दुर्घटनामा परि १२ जनाको घटनास्थलमै र २ जनाको अस्पताल लैजादैगर्दा बाटोमा नै ज्यान गएको थियो भने १ जनाले उपचारकै क्रममा ज्यान गुमाउनु परेको थियो ।

    जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रमुख रहेका एसपी प्रज्वल महर्जनले भक्तपुर पोस्टलाई बताए अनुसार ज्यान गुमाउनेमा ९ महिला, ३ पुरुष, २ बालिका र १ बालक रहेका छन् । उनीहरु भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछापका स्थायी बासिन्दा रहेका र भक्तपुरको आदर्श चोक आसपास बस्दै आएका बुझिएको छ ।

    प्रहरीले जनाए अनुसार स्थायी ठेगानाको अनुसार मृत्यु हुनेमा भक्तपुरको १ जना, काभ्रेका २ जना , दोलखाका २ जना र रामेछापका पनि २ जना रहेका छन् । बाँकी सबै सिन्धुपाल्चोकका रहेका बताइएको छ ।

    भक्तपुर, सूर्यविनायक–८ की ३२ वर्षीया चिनु बस्नेतको सनाखत भएको छ । काभ्रेको बेथानचोक–५ का ३५ वर्षीय रामशरण खत्री र उनकी श्रीमती मैयाँ खत्रीको पानि सनाखत भएको छ ।

    दोलखाको शैलुङ्गेश्वरी गाउँपालिकाका १० वर्षीय रञ्जित बस्नेत र भीमेश्वर नगरपालिका–९ की ४२ वर्षीया लक्ष्मी श्रेष्ठको सनाखत भएको छ ।

    रामेछापको उमाकुण्ड गाउँपालिका–४ का २४ वर्षीय महेश तामाङ र सुनापति–६ की ४२ वर्षीया जुना तामाङ को पनि सनाखत भएको छ ।

    सिन्धुपाल्चोकका लिसंखुपाखर गाउँपालिका–४ की ५५ वर्षीया गङ्गामाया तामाङको सनाखत भएको हो ।त्यसैगरी सिन्धुपाल्चोककै जुगल गाउँपालिका–७ याङ्लकोटकी सात वर्षीया सबिना तामाङ, सोही ठाउँकी ३० वर्षीया रेश्मा तामाङ, १५ महिनाकी रोशनी तामाङ, २८ वर्षीया मञ्जु तामाङ, २८ वर्षीय सुकबहादुर तामाङ, त्यसैगरी बलेफी गाउँपालिका–५ चिम्लिङकी ३७ वर्षीया फूलमाया तामाङको पनि सनाखत भएको प्रहरीको भनाइ छ । अन्दाजी २५ वर्षिया एक महिलाको भने सनाखत हुन नसकेको बताइएको छ ।

    उक्त दुर्घटनामा परि १६ जना घाइते भएका छन् । घाइतेमध्ये ३ को अवस्था गम्भीर छ । उनीहरुको केएमसी अस्पतालमा उपचार भैरहेको छ । अन्य घाइतेहरु ह्याम्स र स्थानीय सिन्धु अस्पतालमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

    सो बसका चालक भने अझै पनि फरार रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

    उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।आइतबार उनी डिस्चार्ज...

    भक्तपुरमा प्रतिपक्षीको भूमिका निर्वाह गर्न माओवादी केन्द्रका उपमहासचिव पुनको निर्देशन

    पूर्व मन्त्री समेत रहेका नेकपा(माओवादी केन्द्र) का उप महासचिव वर्षमान पुन अनन्तले भक्तपुरमा प्रतिपक्षीको भूमिका...

    सञ्चारकर्मी एवं साहित्यकार आशुतोषको अमेरिकामा ब्रेकफास्ट गरौंला सार्वजनिक (भिडियोसहित)

    भक्तपुरका सञ्चारकर्मी एवं सुपरिचित साहित्यकार रामगोपाल आशुतोषको शब्दमा उनिएको ‘अमेरिकामा ब्रेकफास्ट गरौंला’ बोलको गीतमा म्युजिक...

    सल्लाघारीमा मौलिक नेवारी स्वादको नेवा: ननी शुरु

    भक्तपुरमा मौलिक नेवारी खाजा र खानाको स्वाद पस्कने नेवाः ननी शुभारम्भ भएको छ । भक्तपुर...

    खड्काको नेतृत्वमा चाँगुनारायण २ मा वाइसिएलको २७ सदस्यीय समिति गठन

    सत्तारुढ दल नेकपा(माओवादी केन्द्र) को सहायक संगठन वाइसिएल नेपालले चाँगुनारायण नगरपालिकाको वडा नम्बर २ मा...