News Portal

  • हेर्नुहोस् पुनर्वितरणमा परेका भक्तपुरका सबै पालिकाको मौजुदा र नयाँ शिक्षक दरबन्दी विवरण

    बाबुराम दाहाल / भक्तपुर पोस्ट भक्तपुर, १ पुस
    १६९३ पटक
    भक्तपुर, १ पुस

    सरकारले स्थानीय तहमा मौजुदा र आवश्यक दरबन्दी विवरण सार्वजनिक छ । शिक्षक दरबन्दी मिलान एवं पुनर्वितरणका लागि पालिकागत रुपमा दरबन्दी विवरण सार्वजनिक गारिएको हो ।

    शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको निर्देशनपछि सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकाश केन्द्रले दरबन्दी विवरण सार्वजनिक गरेसंगै शिक्षक दरबन्दी मिलान र पुनर्वितरण प्रक्रिया शुरु भएको छ ।

    सरकारले आगामी शैक्षिक सत्र अगाडि नै सक्ने गरी विद्यालय तह ( कक्षा १२ सम्म) का १ लाख ५२ हजार ५ सय २३ शिक्षकको दरबन्दी मिलान प्रक्रिया शुरु गरेको हो ।

    कक्षा १२ सम्मको विद्यालय संचालनको अधिकार पाएका पालिकाहरुलाई केन्द्रले आवस्यक शिक्षक वितरण गरेपछि शिक्षक अभावको समस्या अन्त्य हुने सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकाश केन्द्रका महानिर्देशक बाबुराम पौडेलले विस्वास व्यक्त गरेका छन् । पालिकागत रुपमा दरबन्दी किटान भएको र विवरण सार्वजनिक समेत भैसकेकाले शुरुमा पालिकागत रुपमै दरबन्दी मिलान र पुनर्वितरण हुने महानिर्देशक पौडेलले भक्तपुरपोस्ट संग भने ।

    विद्यार्थी संख्याको आधारमा दरबन्दीको समानुपातिक पुनर्वितरण मात्रै भएको भन्दै केन्द्रले यसलाई अभ्यासको रुपमा अघि बढाइने बताइएको छ । सार्वजनिक दरवन्दी विवरण अनुसार भक्तपुरको चाँगु नारायण नगरपालिकाको स्वीकृत प्रावि दरबन्दी २५५ राहत २२ रहेको त्यसैगरी स्वीकृत निमावि दरबन्दी ४३ राहत २२, स्वीकृत ९-१०को मावि दरबन्दी ३६ राहत ११, स्वीकृत (११-१२) माविमा ११ जना मौजुदा दरबन्दी संख्या रहेकोमा आवश्यक दरबन्दी संख्या तहगत क्रमश १५६, ९५, ७७ र १८ कायम गरिएको छ । प्रावि तहको १२१ दरबन्दीलाई पुलमा राखिएको छ ।

    त्यसैगरी सूर्यविनायक नगरपालिकाको स्वीकृत प्रावि दरबन्दी २२२ राहत १६, स्वीकृत निमावि दरबन्दी ४३ राहत १३, स्वीकृत ९-१० मावि दरबन्दी २९ राहत ६, स्वीकृत ११-१२ मावि दरबन्दी २ मौजुदा रहेकोमा आवश्यक दरबन्दी संख्या तहगत क्रमश १४८, ७३, ४४ र ६ कायम गरिएको छ भने प्राविको ९० दरबन्दीलाई पुलमा राखिएको छ ।

    भक्तपुर नगरपालिकामा भने स्वीकृत प्रावि दरबन्दी २६० राहत ८, स्वीकृत निमावि दरबन्दी ८४ राहत २०, स्वीकृत मावि दरबन्दी ७४ राहत ८ स्वीकृत मावि ११-१२को दरबन्दी १७ मौजुदा रहेकोमा आवश्यक दरबन्दी संख्या तहगत क्रमश २१३, ११४, १०७ र १८ कायम गरिएको छ भने प्राविको ५५ दरबन्दीलाई पुलमा राखिएको छ ।

    त्यसैगरी मध्यपुर थिमी नगरपालिकामा स्वीकृत प्रावि दरबन्दी १३५ राहत १३ स्वीकृत निमावि दरबन्दी ३५ राहत १३ स्वीकृत मावि दरबन्दी ४१ राहत ५ स्वीकृत मावि११-१२ को दरबन्दी ७ मौजुदा रहेकोमा आवश्यक दरबन्दी संख्या तहगत क्रमश १११, ५०, ५२ र ९ कायम गरी प्राविको ३७ दरबन्दीलाई पुलमा राखिएको छ ।

    भक्तपुर पोस्टको फेसबुक पेज लाइक गर्नुभयो ?

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...