News Portal

  • पूर्व सभासद ढुङ्गेलको निधन: पशुपति आर्यघाटमा दाहसंस्कारको तयारी

    इभक्तपुर संवाददाताभक्तपुर, १ पुस
    ११२९ पटक
    भक्तपुर, १ पुस

    सूर्यविनायक नगरपालिका–५ कटुञ्जे निवासी पूर्व संविधान सभासद रामेश्वर ढुङ्गेलको ६० वर्षको उमेरमा आज निधन भएको छ ।

    आईतबर मस्तिष्कघात भएपछी त्रिविवि शिक्षण अस्पताल, महाराजगञ्जमा पुगेका उनी उपचारको क्रममा आज दिउँसो ३:४५ मा निधन भएको हो ।

    संविधानसभा सदस्य निर्वाचन २०७० मा भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट विजयी भएका ढुंगेलको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारि भई रहेको पारिवारिक स्रोतले जनाएको छ ।

    गणेशमान स्मृति वाटिका प्रतिष्ठानका अध्यक्षसमेत रहनु भएका ढुङ्गेलका तीन छोरा छन् । स्वर्गीय ढुंगेलले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पुर्‍याएको सक्रिय भूमिकाको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    नेपाली कांग्रेसले ढुंगेलको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको पनि उल्लेख गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...