News Portal

  • भक्तपुरमा जनप्रतिनिधि र कर्मचारीबीच खेलकुद प्रतियोगिता शुरु

    इभक्तपुर संवाददाता
    १०५२ पटक

    भक्तपुर नगरपालिकाले ७० औं स्थापना दिवसको असवर पारेर जनप्रतिनिधि र कर्मचारीबीच खेलकुद प्रतियोगिताको आयोजना गरेको छ । कसिमला पाँय, टेबलटेनिस, टग अफ वार, एथ्लेटिक्स खेलकुद प्रतियोगिताको सोमबार नगर प्रमुख सुनिल प्रजापतिले उद्घाटन गरेका छन् ।

    कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले खेलकुद मित्रता र अनुशासनको आधार भएको भन्दै यसले शारारीक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने समेत बताए ।

    उक्त अवसरमा उपप्रमुख रजनी जोशीले खेल जीवनको अभिन्न अंग भएकोले खेलकुदमा सक्रियता आवश्यक भएको भनेके थिइन् भने प्रमुख प्रशासकीय अधिकृत दिपक कोइरालाले सार्वजनिक सेवा प्रवाहमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनप्रतिनिधि तथा कर्मचारीहरु शारीरिक रुपमा पनि स्वस्थ र तन्दुरुस्त हुनुपर्नेमा जोड दिंदै यसका लागि खेलकुदको आवस्यकता औल्याएका थिए ।

    कार्यक्रममा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री, भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां र वडा नं. ४ का वडाध्यक्ष कुमार चवालले लगायतले पनि आफ्नो बिचार व्यक्त गरेका थिए ।

    प्रत्येक वर्ष नगरपालिका स्थापना दिवसको अवसरमा जनप्रतिनिधि र कर्मचारीबीच बेग्लाबेग्लै खेल प्रतियोगिता आयोजना हुँदै आए अमोजिम यस वर्ष कसिमला पाँय, टेबलटेनिस, टग अफ वार, एथ्लेटिक्स खेलकुद प्रतियोगिता आयोजना गरिएको नगरपालिकाको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...