News Portal

  • कृषि विकास बैंक र होसानबीच सम्झौता: कृषकहरुलाई सहुलियत कर्जा

    भक्तपुर, ३ पुस
    १०६२ पटक
    भक्तपुर, ३ पुस

    कृषि विकास बैंक र होमस्टे (घरबास) एशोसियसन नेपाल (होसान) बीच सम्झौता भएको छ ।

    यी दुई संस्थाले वित्तिय तथा सामाजिक/सामुदायिक सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको हो । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र होसानका अध्यक्ष केशव प्रसाद बडालले हस्ताक्षर गरेक छन् ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले सम्झौताले नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे । होसानका अध्यक्ष बडालले सम्झौताले प्रकृति तथा स्थानिय संस्कृतिसँग रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटक बढाउन सहयोग पुग्ने विश्वास गरे ।

    सम्झौता अनुसार बैंकले होसानमा आवद्ध करिब १ हजार होमस्टेलाई परियोजना संचालन गर्न आवश्यक पर्ने कर्जा उपलब्ध गराउनुका साथै एसोसियसनको सिफारिसमा कृषकहरुलाई आवश्यकता अनुसार बाख्रा पालन, तरकारी खेती, कुखुरा पालन जस्ता परियोजनामा सहुलियतपूर्ण कर्जा समेत उपलब्ध गराउने छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...