News Portal

  • भ्रमण वर्ष मनाउन भक्तपुरमा सहजीकरण समिति सक्रिय : पहिलो सूर्योदयलाई नगरकोटमा स्वागत गरिने

    भक्तपुर, ३ पुस
    १०७७ पटक
    भक्तपुर, ३ पुस

    नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन भक्तपुरमा जिल्ला स्तरीय सहजीकरण तथा आयोजक समितिको पहिलो बैठक सम्पन्न भएको छ । विहीवार सो समितिले आफ्नो पहिलो बैठक सम्पन्न गरेको छ ।

    जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालको अध्यक्षतामा जिससका उपप्रमुख लगायत सबै पदाधिकारी सदस्य रहने गरी गठन भएको भ्रमण वर्ष सहजीकरण तथा आयोजक समितिमा नगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायत जिल्लास्थित सबै सरकारी कार्यालयका प्रमुखहरु त्यसैगरी जिल्लामा पर्यटन क्षेत्र संग सम्बन्धीत व्यक्ति तथा गैर सरकारी सस्थाका प्रतिनिधि समेत सदस्य रहेका बताइएको छ । समितिको सदस्य सचिवको रुपमा जिल्ला समन्वय अधिकारी रहेका छन् ।

    विहीवार जिल्ला समन्वय समितिको सभाहलमा बसेको भ्रमण वर्ष सहजीकरण तथा आयोजक समितिको पहिलो बैठकले भक्तपुरमा रहेका पर्यटकीय गन्तव्यहरूको पहिचान गर्दै त्यसको वर्तमान भौतिक अवस्थाको बारेमा बुझ्ने र त्यसलाई आकर्षक पर्यटकीय केन्द्र बनाउन आवश्यक योजना बनाउने निर्णय भएको बताइएको छ ।

    बैठकमा आमन्त्रित अतिथिको रुपमा बिचार व्यक्त गर्दै प्रतिनिधि सभा सदस्य महेश बस्नेतले भ्रमण वर्ष आउँन केहि दिन मात्र बाँकी भएकोले ठूला पूर्वाधार निर्माणका योजना नल्याउन सुझाव दिएका थिए । पूर्व मन्त्री समेत रहेका सांसद बस्नेतले थोरै समयमा र थोरै लागतमा धेरै पर्यटक तान्ने योजना ल्याउनुपर्ने बताए ।

    उक्त बैठकले भ्रमण वर्ष सन् २०२० को स्वागत गर्न सन् २०१९ को अन्तिम साँझ पाँच तले मन्दिरमा दीप प्रज्वलन गर्ने तथा सन् २०२० को पहिलो सूर्योदयलाई नगरकोटमा पुगी स्वागत गर्ने कार्यक्रम समेत तय गरेको छ । त्यतिमात्र होइन, बैठकले सन् २०२० मा पहिले भक्तपुर प्रवेश गर्ने पाहुनालाई बिशेष स्वागत र सम्मानको व्यवस्था गर्ने समेत निर्णय गरेको छ ।

    बैठकमा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले पर्यटन प्रवर्द्धनको लागि भ्रमण वर्ष अवसरको रुपमा अघि आएको भन्दै खुशी व्यक्त गरेका थिए भने भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सरकारले महत्वका साथ् घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० सफल पार्नु सबैको कर्तब्य भएको भन्दै सबै सरकारी कार्यालयका तर्फबाट आवश्यक साथ् र सहयोग रहने प्रतिवद्धता प्रकट गरेकी थिइन् ।

    उक्त अवसरमा बैठकले भक्तपुर स्थित चार वटै नगरपालिकालाई पालिका स्तरीय भ्रमण वर्ष सहजीकरण तथा आयोजक समिति बनाउन प्रेरित समेत गरेको जिल्ला स्तरीय समितिका अध्यक्ष एवं जिसस प्रमुख नवराज गेलालले जानकारी गराए ।

    बैठकमा जिल्ला स्तरीय सहजीकरण तथा आयोजक समिति पदाधिकारीका अलावा नेकपा भक्तपुरका अध्यक्ष वचन देउजा, नगरकोट नाल्दुम पर्यटन विकाश समितिका अध्यक्ष विकाश गुरुङ, नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष पुस्करराज बुढाथोकी लगायत विभिन्न सस्था र मिडियाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...