News Portal

  • कमलविनायक र च्याम्हासिंहका अधिकांश औषधि पसल अवैध : नगरपालिकाले बढायो कारवाही प्रक्रिया

    भक्तपुर, ५ पुस
    १३४६ पटक
    भक्तपुर, ५ पुस

    भक्तपुरको कमलविनायक र च्याम्हासिंहमा अधिकांश औषधि पसलहरु अवैध भएको पाइएको छ । भक्तपुर नगरपालिकाले गरेको औषधि पसल अनुगमनका क्रममा अधिकांश औषधि पसलहरु अवैधरुपमा संचालन भएको पाइएको हो ।

    कमलविनायक र च्याम्हासिंह क्षेत्रका अधिकांश औषधि पसलहरु दर्ता तथा नवीकरण नै नगरी अवैधरूपमा सञ्चालनमा रहेका नगरपालिकाका अनुगमन समिति संयोजक राजकृष्ण गोराले बताए । त्यतिमात्र होइन, अनुगमनमा अधिकांश औषधि पसलहरुमा औषधिसम्बन्धी ज्ञान नै नभएका मानिसले औषधि बिक्री गरिरहेको पाइएको समेत बताइएको छ ।

    अनुगमनमा कमलविनायक फर्मा, विनायक फार्मेसी, हेलो जनस्वास्थ्य फर्मा, च्याम्हासिंह मेडिकल हलले दर्ता नवीकरण नगरेको देखिएको छ । त्यतिमात्र होइन,  ति औषधि पसलले फोहर भएको, म्याद नाघेको औषधिहरु छुट्टै स्थानमा भण्डारण नगरी बिक्री गर्ने ठाउँ मै राखिएको पाइएको अनुगमन समितिले जनाएको छ ।

    अनुगमन समिति संयोजक गोराका अनुसार सो क्षेत्रका अधिकांश औषधि पसलहरु अवैधरुपमा संचालन भएको पाइएपछि कारवाही प्रक्रिया अघि बढाइएको छ । औषधी जस्तो अति संवेदनशील बस्तुको व्यापारमा औषधि पसल संचालकको अवैधानिक कार्य मान्य नहुने उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...