News Portal

  • हामी रोएर बसेका छैनौँ भन्ने यो संदेश हो : डीपी ढकाल

    भक्तपुर, ५ पुस
    १९३४ पटक
    भक्तपुर, ५ पुस

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भक्तपुर जिल्ला कमिटी सचिव एवं गत उपनिर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नम्बर १(१) अन्तर्गत प्रदेश सभाका उम्मेदवार डीपी ढकालले आफू कानुनी रुपमा उपनिर्वाचनमा पराजित भएपनि राजनीतिक रुपमा बिजयी भएको बताएका छन् । नेकपा बिरुद्ध धेरै पार्टीले घोषित र अघोषित गठबन्धन गरेका कारण आफू पराजित बनेको बनाउदै उनले आफू राजनीतिक रुपमा यसबाट बिचलित नबन्ने बताए ।

    शनिवार चाँगुनारायण नगरपालिका वडा नम्बर ८ को पार्टी कमिटीद्वारा आयोजित बनभोज कार्यक्रमलाई सम्बोधन गर्दै नेता ढकालले भने, ” डीपी ढकाल रोएर बसेको छैन, नेकपा पराजित मानसिकतामा छैन । आजको बनभोज यसैको संदेश पनि हो ।”

    नेता ढकालले आफू र आफ्नो पार्टी चुनावको बेला गरेको प्रतिवद्धता पुरा गर्न कटिबद्ध रहेको बताउदै नेपाल इञ्जिनियरिङ्ग कलेजलाई नगरपालिका मातहत ल्याउने प्रतिवद्धता निर्वाचन सकिएको १ हप्ता भित्रै पुरा गरिएको जानकारी गराए । ” हामी नेकपाका नेताकार्यकर्तामा थप जिम्मेवारी थपिएको छ । चुनावी हारको बाबजुद हामीले गरेका प्रतिवद्धताहरु नगरकोट बाटो निर्माण र दुवाकोटमा बीर अस्पताल निर्माण पनि हाम्रै पहलमा सम्भव हुन गैरहेको छ ।” उनले भने ।

    आफू निर्वाचनमा लडेपछि रोएर नबसेको जिकिर गर्दै धुलो टक्टकाएर उठिसकेको मात्र नभई जनताको दुखसुखमा साथ् साथ् रहेको र चुनावी प्रतिवद्धता पूरा गर्न दृढतापूर्वक दौडिरहेको डीपीले दावी गरे ।

    उक्त अवसरमा पार्टी जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य दिलिप प्रजापति भिष्मले हारबाट पाठ सिकेर अर्को जितको तयारीमा अहिलेदेखि नै लाग्ने योजना बनाउदै गरेको खुलासा गरेका थिए । निर्वाचनले पार्टी एकतालाई थप मजबुद गरेको उनको भनाइ थियो भने अर्का केन्द्रीय सदस्य एवं चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले उपनिर्वाचनको नतिजा अप्रत्यासित भएको भएपनि यसले पार्टीलाई अझ मजबूत बन्न मार्गनिर्देश गरेको बताए । नगरप्रमुख समेत रहेका नेता मिश्रले विकाश र समृद्धि नारामा मात्र नभई घर घरमा आउनुपर्ने भन्दै आयमूलक तालिम र आयमूलक व्यवसायमा लगानीको व्यवस्था पनि नगरपालिकाले गरिरहेकोले त्यसमा सहभागी बन्न आह्वान गरे । नेकपाका नेता कार्यकर्तामा विकाश र समृद्धिको अगुवाई गर्ने अभिभारा समेत भएको भन्दै उनले हरेक क्षेत्रमा सचेततापूर्वक सहभागी बन्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा प्रदेश सभा सदस्य प्रतिमा श्रेष्ठ समेत सहभागी भएकी थिइन् ।

    उक्त बनभोज कार्यक्रममा करिब ८ सय पार्टी सदस्य र शुभेच्छुक सहभागी रहेका आयोजकले जनाएको छ । सहभागीले बोजिनिस्थित बनमा पुगी भोज खानुको साथै आपसी कमरेडली सम्बन्ध थप मजबुद बनाएको नेकपाको स्थानीय युवा नेता सुवास तिमिल्सिनाले जानकारी गराए । उक्त अवसरमा स्थानीय कार्यकर्ता देवकी अधिकारी, गङ्गा पौडेल लगायतले दोहोरी गीतको माध्यमबाट समसायिक राजनीतिक टिप्पणी गर्दै मनोरन्जन प्रदान गरेका थिए । उनीहरुको गीतमा उपस्थित नेताहरु कार्यकर्तासंगै नाचेर साथ् दिइरहेका देखिन्थे ।

    प्रतिकृया दिनुहोस्

    खानेपानी वितरण र शुल्क असुलीको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने सांसद सुवालको सुझाव

    prem suwal

    खानेपानी मन्त्री महिन्द्रराय यादवको अध्यक्षतामा काठमाडौं उपत्यकामा खानेपानीको समस्या र समाधानका बारे अन्तरक्रिया सम्पन्न भएको...

    भरतपुरको घर घरमै पुगेर स्वास्थ्य सेवा, मेयर दाहालले गरिन् शुभारम्भ

    renu dahal

    भरतपुरका घर घरमै पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएकालाई स्वास्थ्य सेवा दिने कार्यक्रम...

    सिडिओ छोडेर भक्तपुरको प्रमुख प्रशासकीय अधिकृतमा भट्टराई

    निजामती सेवाका उपसचिव बसन्त भट्टराई सिडिओ छोडेर स्थानीय सरकारको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका छन्...

    उपचाररत उपप्रधान एवं गृहमन्त्री श्रेष्ठलाई भेट्न नपाइने

    प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्...

    प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेर लिए उपप्रधान एवं गृह मन्त्री श्रेष्ठको स्वास्थ्य बारे जानकारी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।बुधवार...