News Portal

  • चीनको स्वशासित क्षेत्र तिब्बतको प्रतिनिधि मण्डल भक्तपुरमा

    भक्तपुर,७ पुस
    १०३९ पटक
    भक्तपुर,७ पुस

    चीनको स्वशासित क्षेत्र तिब्बत पर्यटनसंग सम्बन्धित एक प्रतिनिधि मण्डलले भक्तपुरको भ्रमण गरेको छ । नेपाल र चीनको तिब्बतबीच संयुक्त पर्यटन समन्वय समितिको ११ औं बैठकमा भाग लिन आएको उक्त प्रतिनिधिमण्डलको टोलीले भक्तपुरको भ्रमण गरेको हो । उक्त टोलीले भक्तपुरको सांस्कृतिक तथा ऐतिहासिक महत्वका सम्पदाहरुको स्थलगत अवलोकन गरेको थियो ।

    सोमबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकामा उनीहरुलाई स्वागत गरेका थिए । उक्त अवसरमा नगर प्रमुख प्रजापतिले भक्तपुरको आर्थिक विकासमा पर्यटन उद्योगले ठूलो योगदान गरिरहेको बताए ।

    भक्तपुरको पर्यटन विकासका लागि नगरपालिकाले कला संस्कृति र सम्पदा संरक्षण गरिरहेको चर्चा गर्दै प्रमुख प्रजापतिले भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै भक्तपुर नगरपालिका चैत ४ देखि ८ गतेसम्म गरिने भक्तपुर महोत्सवको तयारीमा जुटिरहेको समेत जानकारी गराए ।

    नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य समेत रहेका नगर प्रमुख प्रजापतिले पार्टीले जारी गरेको घोषणा पत्रअनुरुप शिक्षा, स्वास्थ्य, कला–संस्कृति, पर्यटन लगायतका क्षेत्रमा प्रबहवाकारी काम भैरहेको प्रष्ट पारेका थिए ।

    उक्त प्रतिनिधिमण्डलमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्यटन विकास विभागका उपमहानिर्देशक चीयुय्, परराष्ट्र मामिला कार्यालयका उपमहानिर्देशक ल्यु सुसन, तिब्बत क्षेत्रीय नागरिक उड्डयनका उपमहानिर्देशक युआन चुओ छि, वाणिज्य विभागका उपनिर्देशक वाङ फि, होटल व्यवसायी संघका सभापति तान या, पर्यटन विभाग पदोन्नति शाखाका उपनिर्देशक चुओ, पर्यटन विभागका कर्मचारी पासा· तुन्चु, र दोभाषे तावा युचेन सहभागी रहेका नगर प्रमुखको प्रेस संयोजक कीर्तिका प्रजापतिले जानकारी गराइन । उक्त अवसरमा चीनको स्वशासित क्षेत्र तिब्बतका सामान्य प्रशासन उपमहासचिव तानपा या·फेइले भक्तपुर नगरमा स्वागत गरेमा धन्यवाद दिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...