News Portal

  • ६०० को दरले बेचेर दोब्बर आम्दानी: अलैंची कृषक

    भक्तपुर, ८ पुस
    २०४३ पटक
    भक्तपुर, ८ पुस

    लमजुङस्थित किसानहरुले गत वर्षको तुलनामा अलैंचीको दाना बेचेर दोब्बर आम्दानी गरेका छन्। अलैंची खेती गरेकाले यो वर्ष चार करोड पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी गरेका हुन्।

    अघिल्लो वर्ष जिल्लाका किसानहरुले ७५० क्विन्टल अलैंची बचेर पाँच करोड २५ लाख रुपैयाँ आम्दानी गरेका बताउने कृषकहरुले यो वर्ष दुई हजार क्विन्टल अलैंची बेचेको र अघिल्लो वर्षभन्दा थप चार करोड पाँच लाख रुपैयाँ आम्दानी भएको जानकारी दिएका छन्।

    दोर्दी गाउँपालिका–८ खिम्चोकका कृषक मनबहादुर तामाङले जिल्लामा यसवर्ष सबैभन्दा बढी आठ क्विन्टल अलैँची उत्पादन गरेका छन्। राम्रो आम्दानी गर्न नसकेपछि केही वर्षअघि अलैँची व्यवसायमा हौसिएका कृषकले निराश भइरहेका थिए। तर यसपटक उत्पादन र बिक्रीमा समस्या नभएपछि किसानमा आशा जागेको तामाङले बताए।

    नेपाल अलैँची व्यवसायी महासङ्घ गण्डकी प्रदेश संयोजक अजय तामाङले उत्पादन बढ्दा आम्दानीसमेत वृद्धि भएको जानकारी दिए। लमजुङका अलैंची किसानले कुनै बेला प्रतिकिलो दुई हजार २०० रुपैयाँका दरले अलैंची बेचेपनि अहिले मूल्य निकै घटेको छ। यस वर्ष प्रतिकिलो ६०० रुपैयाँका दरले अलैँची बिक्री भएको छ।

    कृषकले अलैंचीको भाउ प्रतिकलो घटीमा एक हजार रुपैयाँ कायम हुनुपर्ने माग राख्दै आएका छन्। तर हाल कम मूल्यमै उत्पादन बेच्न बाध्य भएको किसानको गुनासो छ। लमजुङमा एक हजार ५० हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिएको छ भने हाल ६५० हेक्टर क्षेत्रफलमा उत्पादन गरिँदै आएको छ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...