News Portal

  • भक्तपुरमा नवप्रवेशी शिक्षकलाई अभिमुखीकरण : अल्छी हुनु नहुनेमा जोड

    भक्तपुर, ९ पुस
    १०७३ पटक
    भक्तपुर, ९ पुस

    भक्तपुर नगरपालिकाले नवप्रवेशी शिक्षकहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । शिक्षक सेवा आयोगको सिफारिसबाट भक्तपुर नगरपालिकामा पदस्थापना भएका विद्यालय तहका शिक्षकहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।

    मंगलवार नगरपालिकाको शिक्षा शाखा द्वारा आयोजित उक्त अभिमुखीकरण कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षकहरु कहिल्यै अल्छी हुनु नहुनेमा जोड दिए । स्थायी भएपछि शिक्षक अल्छी हुने धारणा जनमानसमा रहेकोले त्यसलाई गलत सावित गर्नु शिक्षकको चुनौती भएको उनको भनाइ छ । ”जनताले शिक्षकलाई सक्रिय र आफ्नो बच्चा र समाजको राम्रो मार्गदर्शकको रुपमा सम्मान गर्ने वातावरण बनाइराख्नुपर्दछ ।” उनले भने ।

    विद्यार्थीमार्फत शिक्षकको मूल्यांकन अभिभावकले गर्ने भएकोले शिक्षकले विज्ञको रुपमा कक्षाकोठामा प्रस्तुत हुनुपर्ने प्रमुख प्रजापतिले बिचार व्यक्त गरे । उक्त अवसरमा प्रमुख प्रजापतिले निजी र सामुदायिक विद्यालयमा विद्यामान विभेद अन्त्य गर्न भक्तपुर नगरपालिका लागिपरेको जिकिर गर्दै त्यसमा शिक्षकको योगदानको आवश्यक रहेको प्रष्ट पारे । ”निजीमा मिहिनेत गर्ने र सामुदायिक विद्यालयमा कम मिहिनेत गर्ने आरोपबाट शिक्षक मुक्त हुनु जरुरी रहेकोमा उनको जोड छ । नगरपालिकाले शिक्षालाई प्रमुख प्राथमिकतामा राखेको र शिक्षाबाटै समृद्धिको सपना देखेकोले शिक्षकबाट बढी नै अपेक्षा गरिएको उनले बताए ।

    कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक कोइराला,वडा नं. ७ का वडाध्यक्ष एवम् विद्यालय अनुगमन समितिका अध्यक्ष उकेश कवां,प्राध्यापक तथा स्थानीय पाठ्यक्रम निर्माण समितिका सदस्य सिद्धिरत्न शाक्य, उपसचिव हरिप्रसाद निरौला लगायतले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने कार्यमा नवप्रवेशी शिक्षकहरुले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए भने स्रोत व्यक्ति कृष्णप्रसाद कर्माचार्यले शिक्षक आचारसंहिताको विषयमा बताएका थिए ।

    प्रतिकृया दिनुहोस्

    कटुन्जे हेल्थपोष्टलाई ईसिजी मेसिन हस्तान्तरण

    सूर्यविनायक-५ को कटुन्जे हेल्थपोष्टलाई सल्लाघारीस्थित पारिजात बचत तथा ऋण सहकारी संस्थाले ईसिजी मेसिन दिएको छ...

    बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया भक्तपुरमा

    बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया भक्तपुर आइपुगेकी छन् । बुधबार बिहान उनी भक्तपुर आइपुगेकी हुन्...

    सिटिइभिटीको उपाध्यक्षमा प्राडाकै योग्यता अपुग, नियुक्ति बदर

    भक्तपुर । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) का उपाध्यक्ष प्राडा ओमप्रसाद बरालको नियुक्ति...

    भक्तपुरका दुई पाङ्ग्रे सवारी चालकलाई दुई मिनेट पढाउँदै ट्राफिक प्रहरी

    दुई पाङ्ग्रे सवारी चालकलाई ट्राफिक प्रहरीले पढाउन थालेको छ । आइतबारबाट ट्राफिक प्रहरीले बाटोमै रोकेर...

    भूतपूर्व सैनिक संघ भक्तपुरको अध्यक्षमा दाहाल

    भक्तपुर । नेपाल भूतपूर्व सैनिक सङ्घको अध्यक्षमा सुदर्शन दाहाल निर्विरोध निर्वाचित भएका छन् । भक्तपुरमा...