News Portal

  • चाँगुनारायण नगरपालिकाले सीपमूलक तालिम संचालन गर्ने : इच्छुक महिलाबाट आवेदन माग

    भक्तपुर, ९ पुस
    १५७२ पटक
    भक्तपुर, ९ पुस

    भक्तपुरको चाँगुनारायण नगरपालिकाले प्रत्येक महिलालाई नि:शुल्क सीपमूलक तालिम संचालन गर्ने भएको छ । यस आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रम अन्तर्गत नगरपालिकाले महिलाहरुका लागि सीपमूलक तालिम संचालन गर्ने भएको हो ।

    चाँगुनारायण नगरपालिका प्रमुख सोमप्रसाद मिश्रका अनुसार नगरपालिका भित्रका प्रत्येक महिलालाई क्रमस: सीपमूलक तालिम उपलब्ध गराइने कार्यक्रम अन्तर्गत नगरपालिकाले सीपमूलक तालिममा सहभागी बन्न इच्छुक महिलाबाट आवेदन माग समेत गरिसकेको छ । एक महिलालाई एक सीपमूलक तालिम मात्र उपलब्ध गराइने भक्तपुर पोस्ट संग उनले भने ।

    नेकपाका केन्द्रीय सदस्य समेत रहेका नगर प्रमुख मिश्रले महिलाहरुले चाहेको सीपमूलक तालिमका लागि नगरपालिकामा आवेदन दिन सूचना गरिएको जानकारी गराए । सुखी नेपाली र समृद्ध नेपालको योजना सफल पार्न प्रत्येक घरमा आम्दानी बढ्नुपर्ने बताउदै नगर प्रमुख मिश्रले  सीपमूलक तालिमले यसमा सहयोग पुर्याउने विस्वास व्यक्त गरे ।

    नगरपालिकाकी अधिकृत निला कुमारी घिमिरेका अनुसार तालिममा सहभागी हुन चाहने महिलाहरुले पुस २२ गते सम्म आवेदन दिन सक्नेछन । खरीपाटीस्थित नगर कार्यपालिकाको कार्यालयमा आवेदन बुझाउनुपर्ने घिमिरेले बताइन । उनका अनुसार नागरिकताको प्रतिलिपि आवेदनका साथ् पेश गर्नुपर्नेछ । यस अघि कुनै तालिम लिएका महिलाहरुले त्यसको प्रमाण पत्रको प्रतिलिपि र पढेलेखेका महिलाहरुले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि समेत संलग्न गरी आवेदन दिन सक्ने अधिकृत घिमिरेले भक्तपुर पोस्ट संग भनिन् ।

    भक्तपुर पोस्टको फेसबुक पेज लाइक गर्नुभयो ?

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...