News Portal

  • किसानको दुख : खेती गर्दै, ऋण बोक्दै

    सर्लाही, ११ पुस
    १८२७ पटक
    सर्लाही, ११ पुस

    कृषीप्रधान देश भनिने हाम्रो देशको अन्न भण्डार तराइमधेशका किसानको ब्यथा आजको गोरखापत्रले छापेको छ । किसानले आफ्नो फसल बेचेर भनेजस्तो मूल्य नपाउने कुरा चलिरहदा सर्लाहीमा भने आफ्नो फसल बेचेर वर्षौ सम्म एक पैसा नआएका किसानको अवस्था समाचारमा उल्लेख गरिएको छ ।

    समाचार अनुसार सर्लाहीको विष्णु गाउँपालिका–२, बहादुरपुरका शशिभूषण सिंहले धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगमा तीन आर्थिक वर्षदेखि लगातार उखु बिक्री गर्दै आएका छन् ।

    उनले बिक्री गरेको उक्त उखुको एक रुपियाँ पनि भुक्तानी पाएका छैनन् । हामी तीन दाजुभाइले तीन वर्षदेखिको १२ लाख रुपियाँ लिन बाँकी छ, उद्योगमा भुक्तानी माग्न जाँदा कहिल्यै पनि उद्योगी भेटिँदैनन्, सिंहले भने, यो वर्षदेखि धनकौल मिलमा उखु नदिने तयारी गरेका छौँ । उखु बेचेको पैसा वर्षौंसम्म नपाउँदा घर व्यवहार धान्नै मुस्किल परिसकेको छ ।

    समयमै उखुको भुक्तानी नपाउँदा साना किसान ऋणमा डुबेका छन् । खेतभरि लगाएको नगदे बाली उखु बिक्री गरेको पैसा नपाउँदा किसानले ऋण गरेरै व्यवहार चलाइरहेका छन् । साहुको ऋण तिर्न खेत नै बेच्नुपर्ने अवस्था आएको छ, सिंहले गुनासो गर्दै भन्नुभयो, किसानलाई हाकाहाकी अन्याय गर्ने उद्योगीलाई सरकारले केही कारबाही गर्न सकेको छैन । हामी किसान निरीह हुनुपरेको छ ।

    उखुको भुक्तानी माग गर्दै किसान धनकौल चिनी उद्योगमा गएर पटकपटक धर्नामा बसेका छन् । बिक्री गरेको उखुको पैसा दिलाइदिन माग गर्दै किसानले सदरमुकाम मलङ्गवामा आएरसमेत प्रदर्शन गर्ने र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउनेसमेत गरे ।

    स्थानीय प्रशासनले चिनी उद्योगलाई पटकपटक पत्र नै लेखेर किसानको भुक्तानी गर्न निर्देशन दिएको छ तर प्रायः काठमाडौँमै बस्ने ती उद्योगका मालिकले प्रशासनलाई समेत टेरेका छैनन् । धेरैजसो बिचौलियामार्फत उखु खरिद गर्ने सो उद्योगले किसानको कति भुक्तानी गर्न बाँकी छ ? भन्ने विवरणसमेत छैन । धनकौलका उखु किसान रामविनय रायले समयमै भुक्तानी नपाउने समस्याले आफूले उखु खेतीको विकल्पमा अन्य बाली लगाउन थालेको बताए । उखुलाई नगदे बाली भनिन्छ तर तीन÷चार वर्षसम्म नगद नै देख्न पाइँदैन, रायले भने । दुई वर्षसम्म निरन्तर पैसा नपाएपछि मैले उखुको साटो तरकारी र अन्य खेती लगाउन थालेको छु, उनको भनाइ छ ।

    सर्लाहीका तीन चिनी उद्योगमध्ये इन्दुशङ्करले अहिलेसम्मको सम्पूर्ण भुक्तानी गरिसकेको छ भने अन्नपूर्णले तीन वर्षदेखिको र महालक्ष्मी चिनी उद्योग बगदहले गत वर्षको भुक्तानी गर्न बाँकी छ । नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले उखु खेती हुने तराईका सबै जिल्लाका किसानले भुक्तानीमा समस्या झेल्नु परिरहेको बताए । देशभरका १४ मध्ये सर्लाहीको अन्नपूर्ण र रौतहटको श्रीराम सुगर मिल किसानको भुक्तानी दिन नसकेर यो वर्ष सञ्चालन हुने अवस्था छैन, मैनालीले भने, अन्य उद्योग भने धमाधम चल्न थालेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...