News Portal

  • आमाको विभत्स हत्यामा संलग्न छोरीसहित चारै अभियुक्त दोषी ठहर : जन्मकैदको फैसला

    भक्तपुर, ११ पुस
    १७२२ पटक
    भक्तपुर, ११ पुस

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ७ स्थित आफ्नै छोरीको घरमा बिभत्स हत्याको सिकार भएकी सावित्री भट्टराइको हत्यामा संलग्न भएको अभियोगमा ४ जनालाई जन्मकैदको आदेश दिइएको छ । जिल्ला अदालत भक्तपुरले हत्याको योजनाकार सावित्रीकी छोरी सहित ४ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

    गत असार १५ गते आफ्नै छोरीको घरमा सावित्रीको दिनदहाडै घाँटी रेटी बिभत्स हत्या गरिएको थियो । घटनाको अनुसन्धानमा जुटेको प्रहरीले १० घण्टा नबित्तै हत्यामा संलग्नहरुको पहिचान गरी पक्राउ गरेको थियो । सावित्रीको छोरी ईश्वरीको ४ वर्षीय छोराले हत्याराको बारेमा बताएपछि प्रहरीले हत्यारालाई समात्न सफल भएको थियो ।

    विहीवार जिल्ला अदालत भक्तपुरका न्यायाधिस डाक्टर श्रीप्रकाश उप्रेतीको एकल ईजलासले मुद्दाको अन्तिम फैसला गर्दै चारैजना अभियुक्तहरुलाई दोषी ठहर गरेको छ । उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १७७ को उपदफा १ बमोजिम जन्मकैदको सजाय गरिएको अदालतकी श्रेष्तेदार शान्ति घिमिरे पोखरेलले भक्तपुर पोस्टलाई बताइन ।

    आफनै आमाको हत्या अभियोग लागेकी २७ वर्षिया छोरी इश्वरीले अभियोग दावीलाई इन्कार गरी सफाइको जिकिर लिएको भएतापनि निजले जिरह गरेका अन्य प्रतिवादीको पोल समेतका प्रमाणका आधारबाट उनले आरोपित कसूर गरेको ठहर गर्दै दफा ३३ को उपदफा १, २ र ३ को कसूरमा उनलाई जन्मकैद ठेकिएको श्रेष्तेदार घिमिरेको भनाइ छ ।

    प्रहरी अनुसन्धानको क्रममा छोरी इश्वरीले आफ्नो बिवाहेत्तर सम्बन्ध बनाएको प्रेमी सिराहा विष्णुपुर घर भइ हाल भक्तपुर पुरानो ठिमी बस्दै आएका २३ वर्षीय मोहम्मद नौसादको मिलेमतोमा भारतका पेशेवर हत्यारा समेत झिकाएर हत्या गरेको पत्ता लागेको थियो । हत्यारा पुष्टि भएपछी २७ वर्षिया छोरी इश्वरी,२३ वर्षीय उनका प्रेमी मोहम्मद नौसाद त्यसैगरी भारतीय पेशेवर अपराधी अर्जुन कुमार भनिने भोला कुमार र २४ वर्षीय मोहम्मद रहिश लाई हत्याको अभियोगमा प्रहरीले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

    आफ्नो बिवाहेत्तर प्रेम सम्बन्ध कायम राख्न १२ लाख रुपैयाँमा सुपारी दिएर आमाको हत्या गर्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेपछि जिल्ला अदालतको आदेशद्वारा अभियुक्तहरुलाई पुर्पक्षका लागि थुनामा पठाईएको थियो ।

    भक्तपुर पोस्टको फेसबुक पेज लाइक गर्नुभयो ?

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...