News Portal

  • भ्रमण वर्षको पूर्वसन्ध्यामा बजाए लाय्कुको ठुलो घण्टा र नगरा

    इभक्तपुर संवाददाताभक्तपुर, १६ पुस
    ११७३ पटक
    भक्तपुर, १६ पुस

     

    विश्व सम्पदा स्थल लाय्कु दरबार क्षेत्रमा नेपाल भ्रमण वर्ष सन् २०२० को पूर्वसन्ध्यामा भक्तपुर
    नगरपालिकाले मंगलबार सांस्कृतिक सम्पदा पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ ।

    नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रमको समुद्घाटन लाय्कुस्थित घण्टा र ठूलो नगरा बजाएर नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले गरे ।

    नेपाल भ्रमण वर्षले भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थलको विकासमा टेवा पुग्ने र आयआर्जनमा वृद्धि हुने विश्वास व्यक्त गर्दै उहा“ले पर्यटक उद्योगीहरू सक्रियतापूर्वक लाग्नुपर्ने बताएका थिए ।

    परनिर्भर या पराधीन मुलुकलाई आत्मनिर्भर बनाउन आन्तरिक उत्पादनमा जोड दिनुपर्ने विचार व्यक्त गर्दै सांसद सुवालले भ्रमण वर्षमा वर्षभरि नै स्वागतका कार्यक्रमहरू गरिरहनुपर्ने खाँचो औंल्याए ।

    पटक–पटक स्थगित भएको कारण देश र जनताको हितमा काम गराउन सरकारको ध्यानाकर्षण गर्न नपाएको उनले भनाइ छ ।

    सन्तुलित विकासको अवधारणा छोडेर उपत्यकामा फेरि चारवटा सहरको परिकल्पना ल्याएर खानेपानी, फोहोरमैला व्यवस्थापन गर्नमात्र समस्या निम्त्याउने होइन प्रदूषण बढ्ने, सवारी जाम हुने र अपराधीहरूको सङ्ख्या बढेर अमनचयनमा समस्या आउने विचार उनले व्यक्त गरे ।

    प्रदेश सभाका सांसद सुरेन्द्रराज गोसाईंले भ्रमण वर्ष र भक्तपुर महोत्सव भक्तपुर विश्वसामु चिनाउने अवसर रहेको उल्लेख गर्दै भाषा, कला र संस्कृतिलाई जीवन्त बनाउने वर्षको रूपमा अघि बढाउनुपर्ने विचार प्रस्तुत गरेका थिए ।

    कला, संस्कृतिबारे नयाँ पुस्तामाझ बोध गराएर सांस्कृतिक क्षेत्रमा पुनर्जागरण ल्याउन सके हाम्रो जिम्मेवारी र कर्तव्य पूरा हुने विश्वास व्यक्त गर्दै उनले भक्तपुरलाई सभ्य र सुसंस्कृत सहर बनाउने काममा सामूहिक प्रयास आवश्यक भएकोमा जोड दिए ।

    अर्का प्रदेश सांसद सृजना सैंजुले पुरात्वातिक र नाचगानको सहर भक्तपुरमा पुरानो युगले नयाँ युगको सेवालाई सार्थक बनाउन सके पर्यटक व्यवसायी र स्थानीय जनता लाभान्वित हुने विचार व्यक्त गरे ।

    पर्यटन उद्योगको विकासमा भनपाले अगुवाइ गरिरहेको उल्लेख गर्दै सांसद सैजुले सांस्कृतिक नगर भक्तपुर शिक्षा र संस्कृतिको केन्द्र हुने विश्वास व्यक्त गरेका थिए ।

    नगरपालिकाका प्रमुख एवम् कार्यक्रमका सभापति सुनिल प्रजापतिले सांस्कृतिक र ऐतिहासिक नगरको पहिचान विश्वसामु पुर्याउन भक्तपुर नगरपालिकाले वर्षैभरि भक्तपुर महोत्सवमय बनाउने तयारी गरिरहेको बताए ।

    भ्रमण वर्ष र भक्तपुर महोत्सव सफल पार्न सरसफाइ, स्तरीय शौचालय, पर्यटन सूचना केन्द्र, स्थानीय गाइड र भाषाको तालिम, जापानी र चिनियाँ भाषाको प्रशिक्षण, साँझा सांस्कृतिक प्रदर्शनी, हकर्स नियन्त्रण, पर्यावरण सुधार आदि गतिविधि गरिरहेको चर्चा गरेका थिए ।

    कार्यक्रममा वातावरण तथा पर्यटन समितिका अध्यक्ष एवम् भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुरको जीवन्त सङ्ग्रहालयको संरक्षण गर्दै नयाँ पुस्तामा पुस्तान्तरण गर्ने कार्य गरिरहेको बताए ।

    कार्यक्रमको बीचबीचमा त्वचा गणेश समूहको माक प्याखं, पासापुचको लाखे प्याखं र भार्वाचो गणेश दाफा भजनको माक प्याखं (नाच) देखाइएको थियो ।

    सांस्कृतिक सम्पदा पदयात्राको उद्घाटन समारोहपछि दरबार क्षेत्रबाट सुरु भएको र्याली इच्छु, तालाक्व, टौमढी, सुकुलढोका, दत्तात्रय हुँदै सूर्यमढीमा पुगेर समापन भएको थियो ।

    सन्ध्याकालीन पदयात्रालाई टौमढीमा भैल प्याखं र धिमाय् बाजा, दत्तात्रयमा देवी प्याखं र विभिन्न भजन तथा भनपा वडा नं. ९ मा तुछिमला, दबुचा, वाकुपतिनारायण र सूर्यमढीमा भजनले स्वागत गरेका थिए भने वाकुपति नारायणमा कसिमला पाँय खेलिरहेका थिए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...