News Portal

  • नेपाली भाषाका अक्षरसँग रमाउंदै बालबालिका

    भक्तपुर, १६ पुस
    ९३७ पटक
    भक्तपुर, १६ पुस

    गोलाकार टेबुल अगाडी मिलेर बसेका बालबालिका नेपाली भाषाका अक्षरसँग रमाइरहेका थिए। निजि विद्यालयसँग प्रतिष्पर्धा गर्दै सामुदायिक विद्यालयले पनि अंग्रेजी माध्यमबाट पठनपाठन गराइरहेको पाइन्छ। तर नुवाकोटको बेल्कोटगढी नगरपालिका–१० पोखरीमा रहेको वरदवी आधारभुत विद्यालयले भने नेपाली भाषाका अक्षरमा बालबालिकालाई नजिक बनाउन ‘साक्षरता कक्षा’ सञ्चालन गरेको छ ।

    बालबालिकामा पढ्ने सीप र क्षमताको विकास गर्न १ र २ कक्षामा ‘साक्षरता कक्षा’ सञ्चालन गरिकएको हो। उक्त कक्षा सञ्चालन गर्न दुबै कक्षामा फरक÷फरक भाषा शिक्षिका रहेका छन्। यो कक्षाबाट बालबालिकाले छिटो र राम्रो सिक्ने भएकोले शिक्षकलाईसमेत सजिलो भएको बताइएको छ। ‘मैले पढाउन थालेको १० वर्ष भयो। योभन्दा पहिले जति कराएर सिकाए पनि बालबालिकाले जान्दैन थिए। आफ्नो पेशाप्रति नै दिक्क लाग्थ्यो,’ कक्षा २ की भाषा शिक्षिका सलिना मिजारले भनिन्, ‘साना बालबालिकालाई त्यसमा पनि नेपाली पढाउन के गाह्रो हुन्छ र भन्ने लाग्छ, तर त्यो भोग्नेलाई मात्र थाहा हुन्छ। बालबालिकाहरू प्रायः खेल्न रुचाउछन्। उनीहरूलाई जबरजस्ती कोठाभित्र राखेर सिकाउन खोज्दा गाह्रो थियो। अहिले त बालबालिका आफै रमाउने गरेका छन्।’

    सारक्षता कक्षा सञ्चालन भएपछि अक्षर चिन्न र लेख्न सक्ने भएको कक्षा १ की भाषा शिक्षिका अप्सरा बस्नेतले बताइन। यो विद्यालयमा गत वर्षदेखि साक्षरता कक्षा सञ्चालन भइरहेको छ। उक्त कक्षा सञ्चालनपछि विद्यार्थीको शैक्षिक स्तरमा वृद्धि भएपछि निजि विद्यालयमा जाने विद्यार्थीसमेत उक्त विद्यालयमा आउने गरेको बताइएको छ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...