सत्तासीन नेकपाले राष्ट्रियसभा उम्मेदवारबारे बिहीबार टुंगो लगाउन सकेन। विगतमा जिल्ला र प्रदेश समितिबाट उम्मेदवारको सिफारिस माग्ने गरिए पनि यसपटक ‘नेताहरुले खल्तीबाट लिस्ट’ दिएपछि सचिवालय बैठकमा सहमति जुटन नसकेको स्रोतले बतायो।
राष्ट्रियसभा सांसदका लागि आइतबार उम्मेदवार दर्ताको कार्यक्रम छ। सबै क्षेत्रमा जित निश्चित देखिएको नेकपाभित्र उम्मेदवार बन्न र बनाउन निकै दौडधुप चलेको छ। राष्ट्रियसभामा रिक्त १९ मध्ये १८ सिटका लागि माघ ९ गने निर्वाचन हुनेछ। राष्ट्रपतिबाट मनोनित हुने एक पदपछि सरकारको सिफारिसमा मनोनित गरिनेछ।
२ नम्बर प्रदेशमा राजपासँग चुनावी तालमेल गरेको नेकपाले १६ पदमा उम्मेदवारी दिनेछ। राजपाले २ सिटमा उम्मेदवारी दिनेछ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सचिवालय बैठकमा सम्भावित उम्मेदवारको लिस्टबारे छलफल भएपनि निष्कर्ष निस्कन नसकेको हो।
बैठक शुक्रबार बिहान साढे ८ बजे बोलाइएको छ। नेताले आ आफ्ना लिस्ट पेश गर्दा ४० देखि ५० जनाको नाम उम्मेदवारका लागि छलफलमा रहेको स्रोतले बतायो। ‘राष्ट्रियसभा उम्मेदवारबारे विभिन्न सुझाव र प्रस्तावमाथि छलफल भयो, तर निष्कर्ष निस्कन सकेन,’ पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने। रिक्त सभामुखमा कसलाई उम्मेदवार बनाउनेबारे भने बैठकमा एजेण्डा नै प्रवेश नगरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
दुई वर्र्षे कार्यकाल सकिएका अर्थमन्त्री युवराज खतिवडा, बलराम बाँस्कोटा र कालीबहादुर मल्लले पुनः उम्मेदवार बन्न तिब्र ‘लबिङ्ग’ गरेपनि अधिकांस सचिवालयका नेताहरु दोहो¥याउने पक्षमा नरहेको स्रोतले बतायो।
‘नयाँ साथीहरु आउँछन्,’ सचिवालय सदस्य झलनाथ खनालले अन्नपूर्णसँग भने,‘ दोहोरिएर कोही पनि आउँदैन। छलफल जारी छ।’
राष्ट्रिय सभा सांसदको म्याद सकिनुु ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्थाका कारण आगामी माघ ९ मा चुुनाव हुुन लागेको हो। सत्तासीन नेकपाका ८, कांग्रेसका ७, राजपाका २, समाजवादीका १ र एक जना राष्ट्रपतिबाट मनोनित (अर्थमन्त्री युुवराज खतिवडा)को कार्यकाल समाप्त हुुन लागेको हो।
राष्ट्रियसभा सांसदको निर्वाचनका मतदाता हुुन, प्रदेशसभाका सांसद र स्थानीय तह (गाउँपालिका÷नगरपालिकाका)का प्रमुुख र उपप्रमुुख। ७ सय ५३ स्थानीय तहका प्रमुुख÷उपप्रमुुख गरि १ हजार ५ सय ६ जना र प्रदेशसभाका ५ सय ५० जना सांसद राष्ट्रियसभा निर्वाचनका मतदाता हुुन। तर स्थानीय तह र प्रदेशसभाका सांसदहरुले दिने मतको भार भने फरक हुुन्छ। स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ छ भने प्रदेशसभाका सांसदहरुको मतको भार ४८ निर्धारण गरिएको छ। दुुवै तहको मतभार ५३ हजार ५ सय ८ छ।
राष्ट्रियसभाको निर्वाचन प्रणाली एकल संक्रमणीय हो। तर यसपटक प्रत्येक प्रदेशबाट (क्लष्टर)मा एक एक जना मात्र निर्वाचित हुुने हुुँदा यसपटकको निर्वाचन प्रत्यक्ष जस्तै हुुनेछ। २ नम्बर प्रदेशबाहेक ६ वटैमा प्रदेशसभा र स्थानीय तहमा सत्तासीन नेकपाको बहुुमत भएकाले राष्ट्रियभसा निर्वाचन नेकपाका लागि भने लाभैलाभ हुुने देखिन्छ। २ नम्वर प्रदेशमा पनि नेकपाले राजपासँग तालमेल गरिसकेको छ।
५९ सदस्यीय राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट ८ जनाका दरले सांसद निर्वाचित हुुन्छन। ३ जना सांसद भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुुन्छन्। स्थायी सदन राष्ट्रियसभाका लागि पहिलोपटक गोला हालेर २, ४ र ६ वर्षे कार्यकाल निर्धारण गरिएको थियो। एक तिहाई सांसदको कार्यकाल प्रत्येक दुुई वर्षमा समाप्त हुुन्छ। अब निर्वाचित हुुनेहरुको कार्यकाल भने ६ वर्षकै हुुनेछ।