News Portal

  • शिक्षक लाइसेन्सको परीक्षाफल माघ १५ भित्र

    भक्तपुर, २० पुस
    १०९४ पटक
    भक्तपुर, २० पुस

    गत असोजमा सम्पन्न शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको परीक्षाफल माघमा आउने पक्का भएको छ । सानोठिमीस्थित शिक्षक सेवा आयोगले आउदो माघको १५ गते भित्र नै नतिजा प्रकाशित गर्ने तयारीका साथ काम भैरहेको जनाएको हो ।

    गत असोजमा सम्पन्न शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षामा प्राविका लागि ६६ हजार ५ सय ९५, निमाविका लागि ५६ हजार १ सय ४० र माविका लागि १ लाख १ हजार ९ सय ९० परीक्षार्थी सहभागी भएका थिए । उनीहरुमध्ये प्राविको मात्र कापी जाँच्न शुरु भएको छैन ।

    ”अहिले निम्न माध्यमिक र माध्यमिक तहको कापी धमाधम परिक्षण भइरहेको छ । केही दिन भित्रै प्राथमिक तहको पनि कापी परिक्षण शुरु गरिनेछ । माघ १५ भित्र नतिजा सार्वजनिक गर्ने तयारीका साथ काम भइरहेको छ ।” आयोगका प्रशासकीय प्रमुख बैकुण्ठप्रसाद अर्यालले भने ।

    काठमाडौंमा २ र ललितपुरमा २ गरी ४ परिक्षण केन्द्रमा धमाधम कापी जाँच्ने काम गरिरहेको उनको भनाइ छ । जाडो बिदामा थप शिक्षकहरु परिचालित हुने काम द्रुत गतिमा अघि बढ्ने आयोगका प्रशासकीय प्रमुख अर्यालले विस्वास व्यक्त गरे ।

    यसअघि काठमाडौंको कालिमाटीस्थित जनप्रभात मावि र ललितपुरको बालकुमारी स्थित गम्भिर समुन्द्र सेतु मावि गरी २ वटा परिक्षण केन्द्रमा कापी परिक्षण भइरहेकामा अहिले काठमाडौंको रत्नराज्य मावि बानेश्वर र ललितपुरको टीका विद्याश्रम सानेपा गरी २ केन्द्र थपेर धमाधम कापी परीक्षण भइरहेको हो ।

    आयोगले बस्तुगत तर्फको कापी मेसिनबाट र विषयगत तर्फको कापी पूर्व प्राध्यापक/शिक्षक तथा कर्मचारीहरुबाट परिक्षण गरिरहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...