News Portal

  • सोलेमानीकी छोरीको धम्की : अमेरिकी सिपाहीका आमा सन्तानको मृत्यु पर्खिरहेछन् !

    भक्तपुर, २२ पुस
    १०८७ पटक
    भक्तपुर, २२ पुस

    अमेरिकी आक्रमणमा मारिएका इरानी कमाण्डर कासिम सुलेमानीको अन्त्येष्टिमा विशाल जनप्रदर्शन थियो ।

    अन्तर्राष्ट्रिय मिडियाका अनुसार दशौं हजार मानिस उनलाई श्रद्धाञ्जली दिन शोकसभामा सहभागी भए । सोलेमानीको अन्त्येष्टिको क्रममा इरानी सर्वोच्च नेता अयातोल्याह अली खमेनीले आँशु नै झारे ।

    तेहरानस्थित सोलेमानीको अन्त्येष्टिको दोस्रो दिन तेहरानमा भेला भएका दशौं हजार मानिसको बीचमा खमेनी रोएका हुन् । यस्तै सोलेमानीकी छोरी जेइनपले अमेरिकालाई प्रत्यक्ष रुपमा आक्रमण गर्ने भन्दै चेतावनी दिएकी छन् ।

    ‘मध्यपूर्वमा रहेका अमेरिकी सिपाहीका परिवार आफ्ना सन्तानको मृत्युको पर्खाईमा समय बिताइरहनेछन्’ जेइनपले भनिन् । शोकसभाकै क्रममा उनले मध्यपूर्वमा रहेका अमेरिकी फौजलाई आक्रमण गर्ने चेतावनी दिएकी हुन् ।

    अमेरिकाका लागि ‘अँध्यारो दिन’को चेतावनी उनले दिइन् । सम्बोधनको क्रममा उनले भनेकी छन्, ‘पागल ट्रम्प, मेरो बुवाको शहादत्सँगै सबै समाप्त भयो भनेर नसोच !’ इरानी कमाण्डर सोलेमानी गत शुक्रबार इराकको बगदादमा अमेरिकी हवाइ हमलामा मारिएका थिए ।

    यससँगै इरान र अमेरिकाबीच तनाव चर्किँदै गएको छ । इरानले २०१५ को आणविक सम्झौताबाट पछि हटेको भन्दै अमेरिकासँग बदला लिने चेतावनी दिँदैआएको छ । अमेरिकाले पनि इरानले आक्रमण गरेको खण्डमा आफूले जवाफ दिने भन्दै ५२ स्थानलाई निशाना बनाएको बताएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...