News Portal

  • ‘शौचालय जाँदा शिक्षकबाट कुटिए’

    भक्तपुर, २२ पुस
    १२१२ पटक
    भक्तपुर, २२ पुस

    परीक्षा हलमा बसेका १८ वर्षीय प्रिन्सु हमाललाई डायरियाको समस्या थियो । सुरुदेखि शौचालय जान खोजेका भए पनि परीक्षा गार्डले अनुमति दिएका थिएनन् । दुई घण्टा भएपछि खपिनसक्नु भएर परीक्षा हलबाट निस्किएर शौचालयतिर लागे । बाहिर निस्कनेबित्तिकै उनको पछाडिबाट कसैले टाउकोमा हाने । फर्केर हेर्दा कम्प्युटर शिक्षक भानुभक्त रेग्मी थिए ।

    ‘मलाई किन पिटेको सर?’ भन्दै प्रश्न गर्दा ‘उल्टै मुखमुखै लाग्छस्’ भन्दै घाँटीमा समाउँदै कुटेको उनले बताए। झन्डै १५ मिनेट शिक्षकको कुटाइ खाएका प्रिन्सुको घाँटी, टाउको र खुट्टामाचोट लागेको छ। किन पिट्नु भो भन्दा शिक्षकले जवाफ नदिई लात्तैलात्तले कुटेको उनले बताए।

    नेपालगन्जस्थित आदर्श माविमा १२ कक्षामा पढ्ने कोहलपुरका हमाल सोमबार शिक्षकबाट कुटिएका हुन्। बिनाकारण आफूमाथि कुटपिट भएको भन्दै उनले साथीहरूसँग गुहार मागे। भीडले घेरेपछि प्रहरी पुगेर स्थिति नियन्त्रणमा लिएको हो। शिक्षक रेग्मीको सन्काहा स्वभावले पीडित भएको विद्यार्थीले बताएका छन्।

    कक्षा १२ मै पढ्ने दीपक केसीले शिक्षक रेग्मीको ‘सन्की’ स्वभावका कारण आफूले पनि पिटाइ खानुपरेको बताए। कक्षा ११ को परीक्षा चल्दै थियो। कापीमा नबुझेर यहाँ कसको नाम लेख्नुपर्छ सर भनी सोधेका थिए। त्यतिबेला रेग्मीले ‘तेरो बाउको नाम लेख’ भन्दै टाउकोमा हिर्काएको उनी अझै सम्झन्छन्। साथी प्रिन्सुमाथि कुटपिट भएको यहाँका विद्यार्थीलाई नौलो लागेको छैन। अधिकांशले शिक्षकको मुडमा हरेक विद्यार्थीले कुटाइ खानुपर्ने बाध्यता रहेको बताउँछन्।

    घटनाको प्रत्यक्षदर्शी नवीनविक्रम चन्दले शिक्षकको दादागिरीका कारण धेरै विद्यार्थीलाई समस्या रहेको बताए। टुरमा जाँदा होस् या स्कुलको कक्षाकोठामा। प्रश्न नगर्दै कुटपिट गर्ने शिक्षकविरुद्ध उनीहरूले जिल्ला प्रहरी कार्यालयमा सोमबार उजुरी दिन पुगेका थिए। ‘कुटपिट गर्न पाइँदैन भनेर जिप्रकामा उजुरी दिएका छौं,’ कक्षा १२ मा पढ्ने नवीनले भने, ‘कलेजका प्रिन्सिपलले रेस्टिगेट गर्दिन्छु भनेर धम्की पनि दिएका छन्। हामीमाथि अन्याय भएको छ।’

    पीडित प्रिन्सुको घाँटीमा नीलडाम छन्। टाउकोमा चोट छ। जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी वीरबहादुर ओलीले हमाललगायतका केही विद्यार्थीले शिक्षकले कुटपिट गरेको भन्दै उजुरी दिएको बताए। ‘पीडितको अवस्था हेर्दा कुटाइ खाएको देखिन्छ,’ उनले भने, ‘छानबिन गरेरै कानुनी प्रक्रिया अपनाउनुपर्छ।’

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...